५ असार अर्घाखाँची – जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले कोरोना भाइरस कोभिड १९ मा संक्रमितहरुले आत्मबल वृद्धि गरि हाइजनीक खानेकुरा जस्तै गुर्जो तातो पानी, ज्वानो बेसार कागती, खानका लागी आग्रह गरेका छन ।
युएसआईडीको आर्थिक सहयोग, स्वास्थ्य कार्यालयको समन्वय लुम्बिनी सामाजिक विकास केन्द्रको साझेदारीमा सञ्चालित सुआहारा दोस्रोको चौथो बर्ष अन्तर्गत अर्घाखाँची जिल्लाको सन्धिखर्कमा एक दिने कोभिड १९ सम्बन्धि जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भयो ।
सोही कार्यक्रममा स्वास्थ्य कार्यालयका गणेश राज पौडेल, विजय विक र सुआहाराका डा समिर थपलियाले कोभिड १९ सम्बन्धि कोरोना भाईरस रोग,परिचय,सर्ने तरिकाहरु, सराइ अवधि, लक्षण तथा चिन्हहरु,गम्भिर जोखिमका हुने मानिसहरु, अन्तरराष्ट्रिय तथा राष्ट्रिय स्तरमा कोभिड १९ को अवस्था, रोगथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा संचालन भएका क्रियाकलापहरु, विश्वब्यापि महामारीको सन्दर्भमा पोषणको महत्व, सामाजिक कलंङ्क र रोगथाम, नियन्त्रण र उपचार व्यवस्थापन यसले पार्ने प्रभाव र मानसिक तथा मनोपरामर्स र महामारीमा को रोगथाम, नियन्त्रण र उपचार व्यवस्थापनमा व्यक्ति, परिवार, समुदाय, सामाजिक स्वमसेवकहरुको भुमिकाको बारेमा सहजीकरण गरेका थिए ।
सुआहारा चौथो बर्षमा सञ्चालित क्रियाकलापहरुको उपलब्धि र लकडाउनको समयमा फिल्डमा रहेका कर्मचारीहरुले मोबाइल मार्फत हजार दिनका र अन्य घर धुरिमा परामर्श गरेको बारेमा फिल्ड सयोंजक हरि प्रसाद पौडेलले समिक्षा तथा प्रस्तुत भएको थियो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापा, स्थानिय तहका स्वास्थ्य शाखा सयोजक र जिल्ला स्तरिय सरोकारवालाहरु पत्रकार महासघं, जिल्ला विपत व्यवस्थापन समिति, कृषि ज्ञान केन्द्र र शिक्षा समन्वय इकाई कायालयका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख पुष्पा थापाको अध्यक्षता र सुचना अधिकारी विजय विकको सञ्चालनमा सम्पन्न भएको थियो । source:hindukhabar
