अर्घाखाँचीमा दुई छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु


श्याम घिमिरे असार ५ अर्घाखाँची –
अर्घाखाँचीमा दुई छुट्टाछुट्टै घटनामा बिहिबार दुईजनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको हो । टारी खेतमा रोपाँई गरी घर फर्कने क्रममा मालारानी गाउँपालिका वडानं.५ बाँगी आरुखोला निवासी ४९ बर्षीय मन बहादुर खत्रीको घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्न गई मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरिक्षक प्रकाश खत्रीले जानकारी दिनुभयो । घाईते भएका खत्रीको उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याउने क्रममा बाटो मै मृत्यु भएको हो ।


यस्तै सन्धिखर्क नगरपालिका वडा नम्बर–२, भलायडाँडा निवासी ५५ बर्षीय बसन्त कुमालको सन्धिखर्कमा रहेको सुस्त मनस्थिति स्कुलको भवन निर्माणको काम गर्ने क्रममा लडेर मृत्यु भएको हो । लडेर घाइते भएका कुमाललाई उपचारको लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो । दुवै घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.