नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो, एकैदिन ४५१ थपिए

असार १ काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । आज एकैदिन चार सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितकाे सङ्ख्या ६ हजार दुई सय ११ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा एक जना, वीरगञ्जमा भएको परीक्षणमा ११ जना, पोखरामा गरिएको परीक्षणमा पाँच जना, सेती अस्पतालमा भएको परीक्षणमा नाै जना, भेरी अस्पताल प्रयोगशालामा २४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा पाँच जना, जनकपुरमा गरिएको परीक्षणमा २४ र भरतपुर अस्पतालमा भएको परीक्षणमा सात जनामा सङ्क्रमण पुष्टि भएको हो । 

यस्तै रुपन्देहीमा गरिएको परीक्षणमा सात जना, विराटनगरमा २५ जना, सुर्खेत प्रयोगशालामा भएको परीक्षणमा एक सय सात जना, धुलिखेल अस्पताल प्रयोगशालामा पाँच जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ४३ जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । 

त्यस्तै शिक्षण अस्पताल महाराजगञ्जमा एक जना, हेटौँडामा २५ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा १०, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा तीन जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

अहिलेसम्म सङ्क्रमित देखिएकामध्ये एक हजार ४१ जना सङ्क्र‍मित उपचारपछि निको भएर घर फर्किएका छन् । पोखरामा नयाँ मेसिन जडान भएसँगै देशभरि २२ स्थानबाट पीसीआर परीक्षण सुरु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.