जेठ ३२, काठमाण्डाै – अब निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन् । आवश्यक प्रक्रिया पूरा गरेर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वीकृति लिएर निजी ल्याबले पीसीआर परीक्षण गर्न पाउने भएका हुन् । विभिन्न स्थानमा लिइएका नमुना निजी प्रयोगशालाले परीक्षण गर्न पाउने छन् । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार ती नमुना जाँचको लागि लाग्ने खर्च स्वास्थ्य मन्त्रालयले नै बेहोर्ने छ । यस्तै विदेश जाँदा निरोगिताको प्रमाणपत्रको लागि गरिने नमुना सङ्कलनको परीक्षण वीर, शिक्षण र पाटन अस्पतालको ल्याबमा गरिने भएको छ ।