काेराेना सङ्क्रमणकाे कारण मृत्यु हुनेको सङ्ख्या १८, थपिए २७३ सङ्क्रमित

जेठ ३१, काठमाण्डाै – नेपालमा कोरोना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ । पर्सामा गएकाे बिहीबार भेटिएको बेबारिसे शवमा र हिजो ज्यान गुमाएका बाराको निजगढका पाँच वर्षीय बालकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ४७ जना पुरुष र ३६ जना महिला गरी दुई सय ७३ जना कोरोनाका नयाँ बिरामी थपिएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज रौटहतका ९२ जना, सुर्खेतका ४० जना, दैलेखका ३० जना, कपिलवस्तुका २० जना, बाँकेका १८ जना, रोल्पाका १७ जना, सर्लाहीका १३ जना, पर्सा र बर्दियाका ६/६ जना, झापा, रुपन्देही र कपिलवस्तुका पाँच/पाँच जना, मोरङ र पर्वतका चार/चार जना, दाङ र गुल्मीका दुई/दुई जना तथा बारा, नवलपसारी पश्चिम र महोत्तरीका एक/एक जना गरी दुई सय ७३ जना नयाँ बिरामी थपिएका हुन् ।

योसँगै नेपालमा ७२ जिल्लाका पाँच हजार तीन सय ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसमध्ये चार हजार नाै सय ४९ पुरुष र तीन सय ८६ जना महिला रहेका छन् ।मन्त्रालयका प्रवक्ता गाैतमका अनुसार आज ३६ जना डिस्जार्च भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या नाै  सय १३ पुगेको छ ।

अहिले एक लाख ५० हजार पाँच सय ४९ जना क्वरेण्टीनमा रहेका छन् भने चार हजार चार सय चार जना आइसोलेशनमा रहेका छन् । त्यस्तै अहिलेसम्म एक लाख २७ हजार दुई सय ८८ जनाको पीसीआर र एक लाख ९० हजार पाँच सय ८२ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।  

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.