हिम बहादुर जिसी लेकाली अर्घाखाँची २७ जेठ – अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा लक डाउनकाे बेला पनि सामाजिक दुरि कायम गर्दै सोमबार अर्घाखाँची उद्योग बाणिज्य संघले प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीलाई स्वागत गरेकाेछ । उद्योग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष श्रेष्ठले सबैकाे तर्फबाट खादा ओडाएर प्रनाउलाई स्वागत तथा सम्मान ब्यक्त गर्नु भएको थियाे । प्रनाउ बुढाथोकी यहि जेठ २२ गते महाेत्तरीबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सरूवा भई आउनु भएको हाे ।

काेषाध्यक्ष तुल्सिराम खनालकाे सन्चालन र वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद भुसालकाे स्वागतमा भएकाे कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले प्रनाउ बुढाथोकीकाे सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दै काेराेनाकाे महामारिमा सबैले उच्च सतर्कताका साथ काम गर्नु पर्ने बताउनु भयाे ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले याे गम्भीर बेलामा पनि सम्झिएर स्वागत गरेकाेमा संस्था प्रति आभार तथा कृतज्ञता ब्यक्त गर्नु भएको थियाे । उहाँले काेभिट १९ काे बेला गरिएकाे लकडाउनकाे परिपालन गर्न र सबै शुरक्षित रहि कामकाज गर्न अनुराेध गर्नु भयाे ।कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारीहरू, बिषयगत समितिका अध्यक्षहरू, पत्रकार समेतकाे उपस्थिति रहेकाे थियाे ।

