श्याम घिमिरे
जेठ २७ अर्घाखाँची –
अर्घाखाँचीमा सोमबार मात्रै कोराना पोजेटिभ देखिएका ३१ जना मध्ये ३० जनालाई सन्धिखर्कमा रहेको आईसोलेशनमा राखीएको छ । यस्तै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक भने आफ्नै निवासमा आईसोलेशनमा बस्नु भएको छ ।
संक्रमित मध्ये सन्धिखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालीका १ जना र पाणिनी गाउँपालिकाका १ जना गरी जम्मा ३० जनालाई सोमबार साँझनै सन्धिखर्कको हटारीनेटामा रहेको आईसोलेशन कक्षमा राखीएको हो। उनीहरु भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । यस अघि जिल्लाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा भुमिकास्थान नगरपालिकाका एक जना संक्रमित पुरुषको भने मृत्यु भईसकेको छ ।
चार जना संक्रमितको सन्धिखर्कको हटारीनेटामा रहेको आइसोलेशनमा उपचार भइरहेको छ । अर्घाखाँचीमा कोरोना संंक्रमितको संख्या ३६ पुगेको छ । उनिहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेकोे छ । उनिहरु तिसै जना भारतबाट आउदा भुमिकास्थानका मृतकको सम्पर्कमा आएका थिए ।