श्याम घिमिरे
जेठ २५ अर्घाखाँची-
कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भई आउनुभएका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीलाई आज एक कार्यक्रममा बिच स्वागत गरेको छ । कोरोना भाईरस संक्रमणका कारण सामाजिक दुरी कायम गर्दे गरीएको अनौपचारीक स्वागत कार्यक्रममा मनतब्य राख्दै बुढाथोकीले प्रहरी प्रमुखको रूपमा जिल्लामा रहुन्जेल सबैसँग सहकार्य गरी जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउन आफु लागी पर्ने बताउनु भयो ।
कार्यक्रममा मनतब्य राख्दै मिलन केन्द्रका मानार्थ संरक्षक एवं जिल्ला न्यायाधिश बासुदेब न्यौपानेले सफल कार्यकालको शुभकामना दिदै स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रका संरक्षक एंव प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, कर्मचारी मिलन केन्द्र अर्घाखाँचीका अध्यक्ष खिम राना, बिभिन्न कार्यालयका प्रमुख, केन्द्रका पदाधिकारी ,राष्ट्रसेबक कर्मचारी लगायतको उपस्थिति रहेको केन्द्रका अध्यक्ष तथा बिशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख खिम रानाले जानकारी दिनुभयो ।