श्याम घिमिरे
जेठ २४ अर्घाखाँची –
अर्घाखाँचीमा रुखबाट लड्दा एक जनाको ज्यान गएको छ । जिल्लाको मालारानी गाउँपालीका वडानम्वर ९ गोखुङ्गाकी ४७ बर्षीय फुलमती परीयारको सुक्रबार रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रकाश खत्रिले जानकारी दिए ।
मालारानी ९ की दलित महिला सदस्य समेत रहेकि परीयार साबिक गोखुङ्गा गाबिस वडानम्वर ६ को काफलनेटी भन्ने स्थानमा रहेको गोईलीको बुटोमा चढी फल टिप्ने क्रममा एक्कासी रुखबाट लडी अचेत भएकी थिइन् । उपचारका लागि अर्घाखाँची अस्पताल ल्याएपछि परीयारलाई चिकित्सकले मृत घोषणा गरेको वडाअध्यक्ष फनबहादुर पुनले बताए ।