श्याम घिमिरे
जेठ २४ अर्घाखाँची –
अर्घाखाँचीमा सनिबार थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्लाको छत्रदेव गाउँपालीको वडा नम्बर ५ को क्वरेन्टीनमा बसेका ४९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए । उनी केही दिन अगाडीमात्र भारतबाट आएका थिए । यो सहित अर्घाखाँचीमा पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यसअघि पालीको क्वरेन्टीनमा रहेका दुई जना र शितगंगाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भुमिकास्थानका एक जना युबकको कोरोनाकै कारण भारतबाट घर फर्कने क्रममा बाटोमै ज्यान गएको थियो । पालीका दुई र शितगंगगाका एक जनाको सन्धिखर्कको हटारीनेटामा रहेको आईसोलेशन कक्षमा उपचार भैरहेको छ । उनिहरु तिनैजनाको स्वास्थ्य अबस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिए ।