अर्घाखाँचीमा १ सय ७० क्वरेन्टीनमा ३८ सय भन्दा धेरै


श्याम घिमिरे
जेठ १८ अर्घाखाँची –
रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा गएका अर्घाखाँचीबासीहरु यतिबेला जिल्ला भित्रिरहेका छन् । जिल्लामा भारतबाट आउनेको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । भारत लगायत अन्य स्थानबाट आएका सबैलाई सम्बन्धीत पालिकाले निर्माण गरेको क्वरेन्टीनमा राखिएकोे छ । जिल्लाका ६ वटा स्थानीय सरकारले निर्माण गरेका बिभिन्न १ सय ७० स्थानका क्वरेन्टीनमा आईतवार अपरान्ह ५ बजेसम्म ३ हजार ८ सय ४ जना व्यक्तिहरु रहेको अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालीकामा ५५३ जना, शितगंगा नगरपालीकामा ९०३ जना, भूमिकास्थान नगरपालीकामा १०२७ जना, छत्रदेव गाउँपालीकामा २८५ जना, मालारानी गाउँपालीकामा ६६३ जना र पाणिनी गाँउपालीकामा ३७३ जना रहेको सहायक प्रजिअ खनालले जानकारी दिनुभयो । अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वरेन्टीनको संख्या बढाउदै गएको र त्यसमा बस्नेहरुको संख्या पनि बढ्दो रहेको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको भनाई रहेको छ । अधिकांस क्वरेन्टीनमा भारतबाट आएका मानिसहरु नै बसेको जनाईएको छ ।

हाल सम्म सन्धिखर्क नगरपालीकामा १७, शितगंगा नगरपालीकामा ५५, भूमिकास्थान नगरपालीकामा ३७, छत्रदेव गाउँपालीकामा १७, मालारानी गाउँपालीकामा २१ र पाणिनी गाँउपालीकामा २३ गरी कुल १ सय ७० स्थानमा क्वरेन्टीनको निर्माण गरीएको सहायक प्रजिअ बिक्रम थापाले जानकारी दिनुभयो । पछिल्लो दिन मात्रै ३६४ जना भारतबाट आएकाहरुलाई बिभिन्न पालीकाले निर्माण गरेका क्वरेन्टीनमा राखीएको छ । जिल्लाभर १ सय १७० स्थानका क्वरेन्टीनमा ३८ सय ९४ वटा बेड रहेको जनाईएको छ ।

यता बुधबार मात्रै पाणिनी गाउँपालिका ८ को क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई सन्धिखर्क नगरपालीका १ को हटारीनेटामा निर्माण गरीएको आइसोलेशन कक्षमा राखिएको छ । उनिहरु दुबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.