अर्घाखाँची, १८ ज्येष्ठ । अर्घाखाँची जिल्लामा कपिवस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएको छ । छिमेकी कोरोना संक्रमित जिल्लाबाट तरकारी ल्याउँन नपाईने निर्णय गरेतापनि तरकारी आएपछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नष्ट गरेको छ। सन्धिखर्ककको फोहोर फाल्ने ठाउँमा लगेर प्रहरीले तरकारी नष्ट गरेको हो ।

सन्धिखर्कमा तरकारी तथा फलफुल विक्रीवितरण गर्दै आइरहेको पुस्पा स्टोरका सञ्चालक किशोर बानियाँले छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० बाट बिक्रीवितरण को लागि ल्याइएको हरियो तरकारीहरु बोडि, करेला, लौका, घिरौला, भेन्डी टमाटर र खुर्सानीहरु प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीमा कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक प्रकाश खत्रीले बताए । सदरमुकामको डम्पिङसाइडमा तरकारी नष्ट गरिएको हो । अर्घाखाँचीमा खाद्यान्न तथा विकास निर्माणमा प्रयोग हुने सामाग्रीहरु भने चालक र सहचालक मात्रै आवातजावतमा ल्याईएको छ ।
यसैबिच जिल्लामा कपिलस्तुबाट ल्याईएको तरकारी नष्ट गरिएपछि सामाजिक सन्जालमा चर्को आलोचना समेत भएको छ ।source:hindukhabar
