अर्घाखाँचीका कोरोना संक्रमितलाई हटारीको आइसोलेशनमा राखीयो


श्याम घिमिरे,जेठ १५ अर्घाखाँची –
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका ८ पालिको कमला माबि क्वरेन्टीनमा रहेका दुई जना कोरोना संक्रमितलाई बुधबार सन्धिखर्क ल्याईएको छ । सन्धिखर्क नगरपालीका १ को रविचित्र जनता युबाबर्ष माबि हटारीमा निर्माण गरीएको आइसोलेशनमा ल्याईएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो । यस अघि उपचारका लागि कोरोना विशेष अस्पताल दाङ पठाउने तयारी भएको थियो । पछि जिल्लामै आइसोलेशन कक्ष निर्माण गरी उपचार गर्ने सहमति पछि हटारीमा ल्याई राखीएको सहायक प्रजिअ थापाले बताउनुभयो ।

संक्रमित संक्रमित १९ र ४३ वर्षीय दुबैजना भारतको उत्तर प्रदेश राज्यको रायवरेलीबाट कृष्णनगर नाका हुँदै जिल्लाको ठाडा सम्म पैदल हिडेरै आएको र ठाडादेखि घुम्तिसम्म एम्बुलेन्समा यात्रागरी पुनः घुम्तीबाट पैदल हिडेर जेठ २ गते पाली गएको बताईएको छ । उहाँहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिनु भयो । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोराना संक्रमण देखिएको हो ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.