थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २५८ पुग्यो मकवानपुरमा पनि संक्रमण

जेठ २, २०७७ काठमाडाैं :  नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आज विहान सार्वजिनक गरेको तथ्यांकमा थप नौ जनामा संक्रमण पुष्टि भएको हो। राष्ट्रिय प्रयोगशाला काठमाडाैमा गरिएकाे परीक्षणमा मकवानपुरका ३७ वर्षीय पुरुष र भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ८ जना पुरुष रहेका छन्। नेपालमा कोरोनाकाे संक्रमण २३ जिल्लामा फैलिएकाे छ। प्रदेश १ का तीन जिल्ला, प्रदेश २ का सात जिल्ला, बागमती प्रदेशका ४ जिल्ला, गण्डकी प्रदेशका २ जिल्लामा यसकाे संक्रमण देखिएकाे छ। यस्तै प्रदेश पाँचका पाँच जिल्ला र सुदूरपश्चिमका दुई जिल्लामा यसकाे संक्रमण देखिएकाे हाे।

  

काठमाण्डाैका ७ वर्षीय बालकमा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या २४९ पुग्याे

जेठ २, २०७७काठमाण्डाै – नेपालमा बिहीबार बेलुकी थप तीन जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

सङ्क्रमित हुनेहरुमा काठमाण्डाै दहचाेकका सात वर्षीय बालक, धनुषा जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया युवती रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डाैमा गरिएको परीक्षणमा तीन जनाकाे सङ्क्रमण पुष्टि भएकाे हाे । 

योसँगै सङ्क्रमितको सङ्ख्या दुई सय ४९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ ।