थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ४५ पुग्यो

 बैशाख १०, २०७७ बुधबार – नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप तीन जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको जानकारी दिनुभयो । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परिक्षण गरिएको थियो । नेपालमा कोरोना सङ्क्रमितको संख्या ४५ पुगेको छ भने बुधबारसम्म सात जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । source:ujyaaloonline

टण्डनद्धारा ब्यक्तिगत लगानीमा २५ पिस थर्मल गन र ७ सेट पिपिई प्रदान


सन्धिखर्क एफएम बैशाख १० अर्घाखाँची –
कोरोना भाईरस संक्रमण नियन्त्रणको सिलसिलामा सिटी एक्सप्रेसका म्यानेजिङ्ग डाइरेम्टर चन्द्र टण्डनले ब्यक्तिगत लगानीमा अर्घाखाँचीका स्थानीय तहलाई २५ पिस थर्मल गन र ७ सेट पिपिई प्रदान गर्नु भएको छ । जिल्लामा थर्मल गन र पिपिई सेटको अभाव भएको जानकारी पाएपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडानम्वर १ चिदीकामा जन्मनु भएका टण्डनले आफ्नो ब्यक्तिगत लगानिमा २५ पिस थर्मल गन र ७ सेट पिपिई प्रदान गर्नु भएको हो ।


९ पिस थर्मल गन र ४ सेट पिपिई छत्रदेव गाउँपालिकालाई र अन्य थर्मल गन तथा पिपिई आबश्यक्ता अनुसार स्थानीय तहमा पठाउने गरी उक्त सामाग्री मंगलबार जिल्ला प्रशासन कार्यलयमा टण्ढनको तर्फबाट स्थानिय समाजसेवी पिताम्वर रायमाझिले छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल र प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई हस्तान्तरण गर्नु भएको हो ।
कोरोना भाईरस रोकथामकोलागी जिल्लामा अत्यन्तै आबश्यक रहेका सामाग्रीहरु प्रदान गरेकोमा प्रजिअ पौडेल र छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले डाइरेक्टर टण्डनलाई धन्यवाद समेत प्रकट गर्नुभएकोथियो ।


कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल ( मुस्कान), प्रहरी नायव उपरिक्षक प्रकाश विष्ट, सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासे, नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष कृष्णवहादुर ज्ञवाली, छत्रदेव गाउँपालिका वडानम्वर २ का वडाअध्यक्ष राजेस पन्थी, स्थानिय चुरामणी भट्टराई, नारायण प्रसाद बन्जाडे लगायतको उपस्थिति रहेको थियो

नेपालमा एकैदिन ११ जनामा कोरोनाको सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ४२ पुग्यो

बैशाख ९, २०७७ मंगलबार काठमाण्डाै – उदयपुरमा  थप ११ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन जना र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । 

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा जाँच गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको छ । उदयपुरमा मात्रै २४ जना सङ्क्रमित भेटिएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि कोरोना सङ्क्रमण देखिएपछि मस्जिद वरपरका मानिसको नमुना परीक्षण गर्दा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच जना उपचारपछि घर फर्किसकेका छन् ।

अमेरिकामा ज्यान गुमाउनेकाे संख्या ४५ हजार नाघ्यो, ८ लाख भन्दा बढी संक्रमित

बैशाख १०, २०७७ काठमाडौं : कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २७ सय भन्दा बढीको ज्यान गएको छ।  बुधबार विहान सार्वजनिक भएकाे तथ्यांकअनुसार अमेरिकमा एकैदिन २७ सय ६५ जनाले ज्यान गुमाएका छन्। अमेरिकमा मृत्यु हुनेको संख्या ४५ हजार २ सय भन्दा बढी छ।  आठ लाख १७ हजार संक्रमित पुगेका छन्। अमेरिकाको राजधानी न्यूयोर्कमा सबै भन्दा बढीले ज्यान गुमाएका छन्। त्यहाँ १९ हजार ६ सय ९३ जनाको मृत्यु भएको छ। न्यूयोर्कमा २ लाख ५६ हजार ५ सय ५५ जना संक्रमित रहेको वल्डोमिटरको तथ्यांक छ।

त्यस्तै न्यूजर्सीमा ४ हजार ७ सय ५३ जनाको मृत्यु भएको र ९३ हजार संक्रमित छन्।   अमेरिका पछि इटालीमा ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी छ।  इटालीमा २४ ह्जार ६ स ४८ जनाको मृत्यु भएको छ। स्पेनमा १ लाख ८३ हजार ९ सय ५७ संक्रक्रित छन्।   त्यस्तै अर्को युरोपेली देश स्पेनमा २१ हजार २ सय ८२ जनाको मृत्यु भएको ५ भने २ लाख ४ हजार १ सय १७ संक्रमित छन्।  फ्रान्समा २० हजार ७ सय ९६ जनाको ज्यान गइसकेको छ। फ्रान्समा स्रक्रमितको संख्या १ लाख ५८ हजार ५० छ। त्यस्तै बेलायमा १७ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ। त्यहाँ १ लाख २९ हजार संक्रमित छन्। 

विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ छ। संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर फर्किएका छन्।  
source:thahakhabar.com