अर्घाखाँची, २८चैत । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाईनमा राखिएकाको भोली र्यापिड टेस्ट गरिने भएको । कोरोना भाईरस (कोभिड १९) को परिक्षण गर्नका लागी प्रदेश नं. ५ सरकारले अर्घाखाँचीमा ६० थान आरडिपी टेष्ट गर्ने सामाग्री आउँने भएको छ ।
स्थानिय सरकारले बनाएका क्वारेन्टाईनमा १४ दिन बसेकाहरुको टेस्ट गरिने अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।
गरिएको टेस्ट पोजेटिभ आएमा स्वाबको लागि बुटवल रिफर गरिनेछ । नेगेटिभ आएमा घर पठाइने छ र ७ दिन घरमै होम क्वारेण्टाइनमा राखिने छ । टेस्ट सन्धिखर्कका हटारीमा आजै टेष्ट गरिनेछ । भूमिकास्थानमा १० जना र पाणिनीका ३ जनालाई यो टेष्ट भोलि गरिने छ ।
मालारानीका १० जनाको १४ दिन नपुगेकोले तत्काल नगरिने भएको छ । अर्घाखाँचीमा आजसम्म क्वारेण्टाइन बेड सँख्या ४५२ छन् । आइसोलेसन कक्ष १२ छन् । यस्तै ३४ जना क्वारेण्टाइनमा छन् । ८ जनाको नमुना परिक्षण नेगेटिभ आएको छ । अन्य जिल्लाको अवस्था सामान्य रहेको छ । source:hindukhabar.com