यातायातका क्षेत्रमा काम गर्ने मजदुरलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्न माग

गोपाल भट्टराई चैत २८, २०७६ शुक्रबार –अखिल नेपाल राष्ट्रिय यातायात मजदुर युनियनले यातायातका क्षेत्रमा काम गर्ने मजदुरलाई पनि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्न सरकारसंग माग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले मुलुकभर लकडाउन गरिरहेको परिप्रेक्ष्यमा जोखिम मोलेर फिल्डमा खट्ने यातायात मजदुरलाई पनि पिपिइ,सर्जिकल्स माक्स लगायत स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउनुपर्ने उसको माग रहेको छ ।

राजमो निकट यातायात मजदुर युनियनका केन्द्रिय अध्यक्ष गोविन्द वि.सी.ले एक प्रेस विज्ञप्ती जारी गर्दै स्वास्थ्यकर्मी,सुरक्षाकर्मी जस्तै अग्रपङतीमा रहेर कोरोना नियन्त्रणमा खट्ने एम्बुलेन्स चालक देखी अन्य गाडिका मजदुरहरुलाई पनि अतिरिक्त भत्ता,सेवा सुविधा र स्वास्थ्य बिमा संगै सुरक्षाका सामाग्री उपलब्ध गराइ उनिहरुलाई हौसला दिनुपर्ने बताउनु भएको छ । बिशम् यस घडिमा सरकार,डाक्टर र विज्ञले दिएका निर्देशनलाई पूर्ण पालना गरि संक्रमणबाट सबै बँच्नुपर्ने विज्ञप्तीमा उल्लेख छ । अध्यक्ष वि.सी.ले दैनिक ज्याला मजदुरी गरि छाक टार्नेहरुको अवस्था नाजुक भएकोले राहत बितरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

Advertisement

अर्घाखाँचीमा पनि र्‍यापिड टेस्ट शुरु, पोजेटिभ आएमा बुटवल रिफर गरिने


अर्घाखाँची, २८चैत । अर्घाखाँची जिल्लाका विभिन्न ठाउँमा क्वारेन्टाईनमा राखिएकाको भोली र्‍यापिड टेस्ट गरिने भएको । कोरोना भाईरस (कोभिड १९) को परिक्षण गर्नका लागी प्रदेश नं. ५ सरकारले अर्घाखाँचीमा ६० थान आरडिपी टेष्ट गर्ने सामाग्री आउँने भएको छ ।

स्थानिय सरकारले बनाएका क्वारेन्टाईनमा १४ दिन बसेकाहरुको टेस्ट गरिने अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।

गरिएको टेस्ट पोजेटिभ आएमा स्वाबको लागि बुटवल रिफर गरिनेछ । नेगेटिभ आएमा घर पठाइने छ र ७ दिन घरमै होम क्वारेण्टाइनमा राखिने छ । टेस्ट सन्धिखर्कका हटारीमा आजै टेष्ट गरिनेछ । भूमिकास्थानमा १० जना र पाणिनीका ३ जनालाई यो टेष्ट भोलि गरिने छ ।

मालारानीका १० जनाको १४ दिन नपुगेकोले तत्काल नगरिने भएको छ । अर्घाखाँचीमा आजसम्म क्वारेण्टाइन बेड सँख्या ४५२ छन् । आइसोलेसन कक्ष १२ छन् । यस्तै ३४ जना क्वारेण्टाइनमा छन् । ८ जनाको नमुना परिक्षण नेगेटिभ आएको छ । अन्य जिल्लाको अवस्था सामान्य रहेको छ । source:hindukhabar.com

काेराेना सङ्क्रमित १ सय १ वर्षीय वृद्ध उपचारपछि निकाे भए

unn.prixa.net

चैत २८, २०७६ शुक्रबार काठमाण्डाै – कोरोना भाइरस (काेभिड १९) बाट सङ्क्रमणबाट सबैभन्दा धेरै वृद्ध मानिसहरु प्रभावित भएका छन् । तर काेराेनाबाट सङ्क्रमित भएका एक जना एक सय एक वर्षीय वृद्ध भने उपचारपछि निको भएका छन् ।

बेलायतको वोरसेस्टरशायरका एक सय एक वर्षीय किथ वाट्सन उपचारपछि निको भएका वोरसेस्टरशायर एक्युट अस्पतालले जनाएको छ । शल्यक्रियाको लागि अल्पताल पुग्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही समयको उपचारपछि उनी निको भएको अस्पतालले जनाएको छ ।

उनकी बुहारीले भनिन्, ‘उहाँ याे उमेरमा पनि गज्जबकाे हुनुहुन्छ ।’

उनी अस्पतालबाट फर्किएपछि घरका सबै सदस्यले उनीसँग फाेटाे खिचाए र फेसबुमा शेयर पनि गरे । याे फाेटाे अहिलेसम्म तीन हजारभन्दा शेयर भएकाे छ भने पाँच सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् । 

This is Keith, he’s 101 years old.

He went home today after beating Coronavirus.

Well done to everyone on Ward 12 at the Alexandra Hospital for looking after Keith so well for the past two weeks!

अमेरिकामा हरेक दिन १९ सयले ज्यान गुमाउँदै, विश्वमा मृत्यु हुनेकाे स‌ंख्या ९५ हजार नाघ्यो

चैत २८, २०७६ काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९१ पुगेको छ। त्यस्तै  पछिल्लो २४ घन्टाभित्र ३३ हजार ५ सय बढी संक्रमित थपिएका छन्। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा संक्रमित हुनेको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ।

यो संख्या स्पेन, इटाली, जर्मनी र फ्रान्सभन्दा करिब ४ गुणाले बढी हो। त्यस्तै बिहीबार फ्रान्समा १३ सय ४१ जनाको मृत्यु भएको छ भने ४ हजार ८सय संक्रमित थपिएका छन्। फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ।  इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ।   

विश्वका २ सय नौ देशमा फैलिएको यो भाइरसबाट मृत्यु हुनेको संख्या ९५ हजार ६ सय ९१ पुगको छ। वर्ल्डोमिटरका अनुसार हिजो मात्रै सात हजार भन्दा बढी मानिसको ज्यान गएको छ भने ८४ हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन्। विश्वभर संक्रमितको संख्या १६ लाख नघेको छ। त्यस्तै ३ लाख ५६ हजार २ सय ८३ जना उपचारपछि निको भएका छन्।
source:thahakhabar.com