लकडाउनले समस्यामा पारेकालाई मालारानी गाउँपालीकाद्धारा राहत वितरण


श्याम घिमिरे
चैत २५ अर्घाखाँची –

नोबेल कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थामा काममा जान नसकेका मालारानी गाउँपालीकाका अतिविपन्न परिवार र दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका परीवारलाई मालारानी गाउँपालीकाले राहत सामाग्री बितरण कार्य सुरु गरेको छ । दैनिक मजदुरी गरी जिबिकोपार्जन गर्ने र अति बिपन्न रहेका घरपरीवारलाई लकडाउनका कारण समस्या भएपछि गाउँपालीकाले राहत वितरण गर्ने निर्णय गरेको पालीका अध्यक्ष बालकृष्ण आचार्यले बताउनु भयो । आचार्यले पालीकाबाट वडाहरुमा पठाईएको खाद्य सामाग्रीहरु सबै वडाहरुबाट वडाअध्यक्षको संयोजनमा बितरण गर्ने बताउनु भयो ।

Image may contain: one or more people and outdoor

सोही क्रममा मंगलबार पालिकाको वडा नं. ६ मा रहेका अति बिपन्न परिवार र दैनिक ज्यालादारी गरेर गुजरा चलाउने बिश जनालाई खाद्य सामाग्री बितरण गरीएको वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिनुभयो । लक डाउनका कारण कोहि भोकै बस्न नपरोस् भनेर राहत कोषको समेत स्थापना गरिएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताउनुभयो । आचार्यले क्रमश सबै वडाहरुमा राहत बितरण गरिने समेत जानकारि दिनुभयो ।

Image may contain: one or more people, people standing and outdoor
Image may contain: one or more people, people standing and outdoor

ग्लोबल आईएमई बैंक भोली दुई घण्टा खुल्ने

No photo description available.

श्याम घिमिरे
चैत २५ अर्घाखाँची-
अर्घाखाँचीको सन्धिखर्कमा रहेको ग्लोबल आईएमई बैंकले बुधबार कारोवार गर्ने भएको छ । कोरोना भाईरस र लकडाउनका कारण बन्द रहेको बैंकले ग्राहकरुको समस्यालाई मध्यनजर गर्दे भोलि २६ गते बुधबार बिहान ११ बजे देखी दिउँसो १ बजेसम्म बैंक खुलागर्ने बैंकका शाखा प्रबन्धक प्रल्हाद न्यौपानेले जानकारी दिनुभयो ।

नगद जम्मा गर्ने, चेक साटने, रेमिटेन्स तथा लोक सेबा आयोगको राजश्व जम्मा गर्ने लगायतका काम हुने बैंकले जनाएको छ । बैंकले अत्यावश्यक काम भएमा मात्र बैंकको सेवा लिन ग्राहकहरुलाई आग्रह समेत गरेको छ ।

त्रिबेणी सहकारीद्वारा बिपद् व्यवस्थापन कोषमा एक्काईस हजार सहयोग

No photo description available.

श्याम घिमिरे
चैत २५ अर्घाखाँची –
सन्धिखर्क नगरपालीकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम उपचार एवं राहत बितरण कोषमा त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ । जिल्लाको सन्धिखर्क नगरपालीका २ मा रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मंगलबार २१ हजार रूपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष उत्तममणी मिश्रले जानकारी दिनुभयो ।

सहकारीको सातौं सिद्धान्तलाई आत्मसाथ गर्दे उक्त रकम सन्धिखर्क नगरपालीकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको बिपद् व्यवस्थापन कोषको खाता नं. ३०५०३०५०४९४०६ मा जम्मा गरीएको सहकारीका कार्यालय व्यवस्थापक तुल्सीराम खनालले जानकारी दिनुभयो । सहकारीले जिल्लामा बिभिन्न सामाजिक क्षेत्रमा काम गर्नुका साथै सचेचनामुलक कार्यहरु पनि सञ्चालन गर्दे आईरहेको छ ।
यसैबिच नगरपालीकाले स्थापना गरेको बिपद् व्यवस्थापन कोषमा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई सन्धिखर्क नगरपालीकाले धन्यबाद ज्ञापन गरेको छ । रेडियो सन्धिखर्क संग कुराकानी गर्दे नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवालीले यो कार्यमा सहयोग गर्ने सबै संघ संस्था,फर्म,व्यक्ति लगायत सहयोगी मनहरुलाई धन्यबाद व्यक्त गर्नुभएको हो ।