सन्धिखर्क एफएम, चैत २४,अर्घाखाँची –अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालीका २ मा रहेको अर्घाखाँची मल्टीमिडिया प्रा.लि.द्धारा सञ्चालीत सन्धिखर्क एफएम ८९ थोप्लो ८ मेगाहर्जले आफ्ना विज्ञापन दाताहरुबाट एक महिनाको विज्ञापन प्रसारण शुल्क नलिने निर्णय गरेको छ । सोमबार बसेको रेडियो सञ्चालक समितिको बैठकले कोरोना भाईरस र लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएपछि व्यवसायीहरु आर्थिक मारको चपेटामा परेको भन्दै आफुहरुले विज्ञापन प्रसारणको एक महिनाको शुल्क छुट गर्ने निर्णय गरेको प्रा.लि का अध्यक्ष एवं रेडियोका स्टेशनमेनेजर श्याम घिमिरेले जानकारी दिनुभयो । रेडियोमा हाल जिल्ला र जिल्ला बाहीरका गरी पचास भन्दा बढी व्यवसायीक बिज्ञापनहरु प्रसारणमा रहेका छन ।
Day: April 6, 2020
साथी सहकारीद्वारा बिपद् व्यवस्थापन कोषमा एक लाख एघार हजार सहयोग ।
श्याम घिमिरे
चैत २४ अर्घाखाँची –
सन्धिखर्क नगरपालीकाले स्थापना गरेको कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथाम उपचार एवं राहत बितरण कोषमा साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक सहयोग गरेको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालीका २ मा रहेको साथी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोमबार बसेको बैठकले १ लाख ११ हजार १ सय १ रूपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष धर्मराज भुसालले जानकारी दिनुभयो ।
साथी साकोसको तर्फबाट ७१ हजार १ सय ११, अर्घाखाँची युवा परिषद्ले २० हजार र साथी सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुबाट दश÷दश हजार संकलन गरी जम्मा गरिएको साथी सहकारीका कार्यकारी निर्देशक प्रकाश भुसालले बताउनुभयो ।

उक्त रकम सन्धिखर्क नगरपालीकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको बिपद् व्यवस्थापन कोषको खाता नं. ३०५०३०५०४९४०६ मा जम्मा गरीएको भुसालले जानकारी दिनुभयो ।
जिल्लामै नमुना रहेको साथी सहकारी संस्था तथा अर्घाखाँची युवा परिषद्ले बिभिन्न सामाजिक क्षेत्रमा काम गरीरहेको छ ।
काेराेना सङ्क्रमण : बेलायती प्रधानमन्त्री बाेरिस जाेनसाेन अस्पताल भर्ना
चैत २४, २०७६ सोमबार काठमाण्डाै – बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरस (काेभिड १९) को सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि प्रधानमन्त्री बाेरिस जाेनसाेनलाई अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । उनलाई आएको ज्वरो कम नभएपछि डाक्टरको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । बेलायतमा ४७ हजार आठ सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म चार हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।
लम्बियो लकडाउन, पुन: एकसाता थप्ने उच्चस्तरीय समितिको निर्णय
चैत २४, २०७६ काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्को बैठकबाट यो निर्णय अनुमोदन गरिनेछ।
कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो। दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो। संक्रमितहरूको संख्या थपिइँदै जाने र विश्वका विकसित मुलुकहरूमा अवस्था भयावह हुन थालेपछि सर्वसाधारणले पनि लकडाउन अवधि लम्ब्याउनुपर्ने बताइरहेका छन्।
आज बस्ने मन्त्रीपरिषद् बैठकबाटै नेपाल राष्ट्र बैंकका लागि गभर्नर नियुक्ति हुनसक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो।
source:thahakhabar.com