श्याम घिमिरे,
चैत २२ अर्घाखाँची
नोबेल कोरोना भाइरसका कारण देश लकडाउनमा रहेको अवस्थामा लकडाउनका कारण काममा जान नसकेका सन्धिखर्क नगरपालिकाका अतिविपन्न परिवार र दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका परीवारलाई सन्धिखर्क नगरपालिकाले राहत सामाग्री बितरण कार्य सुरु गरेको छ ।
दैनिक मजदुरी गरी जिबिकोपार्जन गर्ने र अति बिपन्न रहेका घरपरीवारलाई लकडाउनका कारण समस्या भएपछि नगरपालीकाको आकस्मीक बैठक बसी राहत वितरण गर्ने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कमलप्रसाद भुसालले बताए । भुसालले नगरपालीकाबाट वडाहरुमा पठाईएको खाद्य सामाग्रीहरु सबै वडाहरुबाट वडाअध्यक्षको संयोजनमा बितरण गर्ने बताए ।
वडाबाट प्राप्त तथ्यांक अनुसार पहिलो चरणमा १ हजार ४ सय ५६ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिने नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत जिबन ज्ञवालीले बताए । ज्ञवालीका अनुसार तिनवटा क्याटागरी बनाई राहत बितरण कार्य अगाडी बढाईएको बताए । जस अनुसार १ देखी २ जना सम्मको परीवारलाई १० केजि चामल, १ लिटर खाने तेल १ केजी दाल र १ केजी नुन बितरण गरीने छ भने ३ देखि ४ जना सम्मको परीवारलाई २० केजी चामल, डेढ लिटर खाने तेल,डेढ केजी दाल र १ केजी नुन बितरण गरीने बताईएको छ । यस्तै ५ जना वा सो भन्दा माथिको प्रती परीवारलाई ३० केजी चामल, २ लिटर खाने तेल, २ केजी दाल र १ केजी नुन बितरण गरीने ज्ञवालीले बताए ।
सन्धिखर्क नगरपालीकाका उपप्रमुख ठाकुर कुमार बिकले कोरोना भाइरस अर्थात कोभिड १९ को प्रभावले आफ्नो परिबामा दैनिकी सञ्चालनमा समस्या परेका अपाङ्ग,एकल महिला तथा आयस्रोत नभएका व्यक्ति तथा अति विपन्न परिवारलाई पहिलो चरणमा राहत वितरण गरिने बताए । बिकले नगरपालिकाका अन्य विपन्न परिवारको समेत खोजी गरी राहत वितरण गरिने जनाए । सन्धिखर्क नगरपालीकाले सनिबार सम्म सबै वडाहरुमा राहत बितरण गरीसक्ने उपप्रमुख बिकले जानकारी दिए ।
एक फरक प्रसंगमा बिकले संकटको यो घडीमा ब्यापारीहरुले दैनिक उपभोग्य बस्तु सहज रुपमा उपभोक्तालाई बिक्रिबितरण गर्न सबै व्यवसायीहरुलाई आग्रह गरेका छन । यस्तै बिकले दैनिक उपभोग्यबस्तुमा कालाबजारी गरेको पाईएमा कडाभन्दा कडा कारबाही गरीने समेत बताएका छन । उता बिकले नगरपालीका भित्र कोठाभाडामा लिई दैनिक ज्याला मजदुरी गरी गुजरा चलाउदै आईरहेका मजदुरहरुलाई घरधनिले यो अबधिको घरभाडा रकम छुटगर्न समेत आग्रह गरेका छन ।
यसैबिचै अर्घाखाँचीको पाणिनी गाँउपालीकाले पनि पहिलो चरणमा पालीका भित्र रहेका अतिविपन्न परिवार र दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका ५ सय ६० घरपरीवारलाई सर्बपक्षिय निर्णय अनुसार आबश्यकता र पहीचानको आधारमा राहत बितरण गर्ने पालीका अध्यक्ष अच्युत गौतमले बताए ।
छत्रदेब गाउँपालीकाले आफ्नै कार्यबिध बनाएर आबश्यकताको आधारमा राहत बितरण गर्ने पालीका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।
यस्तै मालारानि गाउँपालीकाले पनि राहत वितरणको लागी सबैवडाहरुबाट नामावली संकलन भइरहेको र नाम सिफारिस भएर आउने बित्तिकै वडा कार्यालयको समन्वयमा राहत वितरण सुरु गर्ने प्रमुख प्रशासकिय अधिकृत बिष्णु घर्तिले बताए ।
भुमिकास्थान नगरपालीकाले पनि राहत वितरण गर्ने बताएको छ । पालीकाले राहत बितरणकोलागी वडालाई जिम्मा दिएको र वितरणको लागी नामावली संकलन भइरहेको प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद भण्डारीले जानकारी दिए । भण्डारीले नाम सिफारिस भएर आउने बित्तिकै राहत वितरण सुरु गर्ने बताए ।
यता शितगंगा नगरपालिकाले राहत वितरण गर्ने निर्णय गरेर वडालाई जिम्मा दिएको छ । वडास्तरमा नामावली संकलन भइरहेको र नाम सिफारिस भएर आउने बित्तिकै निश्चित मापदण्ड बनाएर राहत वितरण गर्ने नगरप्रमुख सुर्यप्रसाद अधिकारीले जानकारी दिए ।