सन्देशले आफै बनाए हेण्ड स्यानिटाइजर

श्याम घिमिरे १९ चैत अर्घाखाँची – कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमणबाट बच्ने बिभिन्न उपायहरुमध्य हेण्ड स्यानिटाईजरको प्रयोग पनि एक महत्वपुर्ण उपाय हो । बिश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण यतिबेला हेण्ड स्यानिटाईजरको अभाब भैरहेको छ । यसैलाई मध्यनजर गर्दे राष्ट्रकालागी युबा (युथ फर नेशन)मा आबद्ध सन्धिखर्क नगरपालीका वडानम्वर २ भक्तिटोलका सन्देश आचार्यले हेण्ड स्यानिटाईजर निर्माण गरी निशुल्क बितरण गरेका हुन । लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा एम.बि.बि.एस.मा अध्ययनरत आचार्यले आफैले हेण्ड स्यानिटाइजर निर्माण गरी वितरण गरेका हुन् । इथानोल, हाईड्रोजन परअक्साइड, एलोबेरा र भिटामिन ई क्याप्सुल प्रयोग गरी तयार गरीएको स्यानिटाईजर अर्घाखाँची आवासीय मा.बि.को ल्याब प्रयोग गरी निर्माण गरीएको उनले बताए ।


यसैक्रममा उनले जिल्लाको सन्धिखर्क नगरपालीका वडानम्वर १ मा रहेको युबाबर्ष जनता रबिचित्र मा.बि.मा क्वरेण्टीनमा रहेकाहरुलाई करीब पाँच लिटर र बझाङ जिल्ला लगायत अन्य बिभिन्न ठाउँबाट अर्घाखाँचीमा आई मज्दुरी गर्दे आईरहेका ३६ जना मज्दुरहरुलाई समेत निशुल्क हेण्ड स्यानिटाईजर बितरण गरीएको उनले बताए । आचार्यले आफ्नो र समाजको सुरक्षा होस भन्ने हेतुले स्यानिटाईजर बितरण गरीएको बताए ।


यस्तै आचार्यले लकडाउनका कारण बिहान र साँझ दुई छाक खानको लागी समस्यामा परेका विपन्न एवं गरीब परीवारलाई राहत स्वरुप खाद्यान्न वितरणको कार्यलाई समेत अगाडी बढाइएको भन्दै खाद्य सामाग्री जुटाउन आफुहरु लागी परीरहेको बताए ।


राष्ट्रकालागी युबा संस्थाका लुम्बिनि मेडिकल कलेज पाल्पाका कोअर्डिनेटर समेत रहेका आचार्यले यो कार्यमा सबैको सहयोगको खाँचो रहेको बताए । उनले सबैको सहयोग भएमा कोरोना भाईरसको संक्रमणबाट बच्नको लागी चाहीने माक्स, हेण्ड स्यानिटाईज र पिपिई पनि छिटै निर्माण गरी उपलब्ध गराउन सकिने जनाए ।