मुटुमा तिम्रो सपना अनि, आँखामा तस्बिर

चैत १५, २०७६ शनिबार –

कविता

मुटुमा तिम्रो सपना अनि,

आँखामा तस्बिर सचेत भइ कोरोना बाट,

बचाउ तक्दिर ।।

मानव हामी मानवै हौँ कि ,

परीक्षा लिँदै छ नियम मानौँ जीवन यात्रा ,

बाँचे त छँदैछ।।

Advertisement

नेपालमा पाँचौँ व्यक्तिमा कोरोना भेटियो

 चैत १५, २०७६ शनिबार-काठमाण्डौ – नेपालमा थप एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै आएकी एक युवतीमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  यसअघि एक जना निको भइसकेका छन् भने तीन जनाको उपचार भइरहेको छ । source:ujyaaloonline

कोरोनाभाइरस : दक्षिण कोरियामा उपचाररतभन्दा निको हुनेको संख्या बढी

चैत १५, २०७६ -दक्षिण कोरियामा पहिलो पटक कोरोनाभाइरसको संक्रमणको उपचार गरिरहेका भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ ।शनिबारसम्म ४८ सय कोरोनाभाइरस संक्रमित सफल उपचारपछि घर फर्किएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ । हाल ४५ सयजना उपचाररछ छन् ।‘हामीले अझै धेरै गर्न बाँकी रहेको छ । ५० प्रतिशत स्वास्थ्यलाभ दर सानो उपलब्धी हो । यसलाई सबै मिलेर खुसियाली मनाउनुपर्छ,’ स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य नीतिका प्रबन्ध निर्देशक युन ते होले भने । source:ratopati.com

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख नाघ्यो

 चैत १५, २०७६ शनिबार काठमाण्डौ – विश्वभर कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या ६ लाख नाघेको छ । अहिलेसम्म कोरोनाका कारण २७ हजार चा् सय ६७ जनाको ज्यान गएको छ भने एक लाख ३३ हजार पाँच सय २७ जना उपचारपछि निको भएका छन् । 

कोरोनाका कारण अमेरिका र युरोपेली देश बढी चपेटामा परेका छन् । अमेरिकामा मात्रै एक लाख ४ हजार दुई सय ५६ जना सङ्क्रमित भएका छन् भने १७ सय चार जनाको ज्यान गएको छ । यस्तै दुई हजार पाँच सय २५ जना उपचारपछि निको भएका छन् । अमेरिकामा सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै छ । 

अमेरिकापछि इटलीमा सबैभन्दा धेरै अर्थात् ८६ हजार चार सय ९८ जना सङ्क्रमित भएका छन् भने ९ हजार एक सय ३४ जनाको ज्यान गएको छ । इटलीमा १० हजार ९ सय ५० जना उपचारपछि निको भएका छन् । 

यस्तै चीनमा ८१ ह्जार तीन सय ९४ जना सङ्क्रमितमध्ये तीन हजार दुई सय ९५ जनाको ज्यान गएको छ भने ७४ हजार ९ सय ७१ जना उपचारपछि निको भएका छन् ।

नेपालमा अहिलेसम्म चार जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकोमा एक जना उपचारपछि निको भएका छन् भने तीन जनाको उपचार भइरहेको छ । source:ujyaaloonline

चौथो सङ्क्रमित भेटिएपछि उच्च सावधानी अपनाउन सरकारको आग्रह

चैत १५, २०७६ शनिबार काठमाण्डौ – धनगढीमा कोरोना संक्रमित चौथो व्यक्ति भेटिएपछि देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

प्रादेशिक अस्पताल धनगढीमा उपचार गराइरहेका ३४ वर्षका पुरूषमा हिजो कोरोना संक्रमण पुष्टि भएकाले देशका अरु ठाउँमा पनि संक्रमित हुन सक्ने देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । उपत्यकाबाहिर पनि कोरोना सस्ंक्रमित पुष्टि भएकाले विशेषगरी विदेशबाट आएका सबैजनालाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गर्नुभएको छ ।

उहाँले कोरोनाको संक्रमण थप फैलन नदिन विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्न र सबैलाई लकडाउन पालना गर्न आग्रह गर्नुभएको हो । यस्तै अनावश्यक हल्लाको पछि नलाग्न पनि उहाँले अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो थप ४४ जनाको गरी अहिलेसमम ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ । जसमध्ये ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना उपचारपछि निको भएका छन् ।

अरु दुई जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा र एक जनाको प्रादेशिक अस्पताल धनगढीमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै अहिले काठमाण्डौं र ललितपुरका तीन वटा अस्पतालमा १३ जनाको आइसोलेसनमा उपचार भैरहेको छ भने ११ जनालाई डिस्चार्ज गरिएको छ । ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ४ जना तथा कान्ति बाल अस्पतालमा ३ जना गरि १३ जनाको आइसोलेसनमा उपचार भैरहेको हो । यस्तै कान्तिबाट ६ जना र टेकुबाट ५ जना गरि ११ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । source:ujyaaloonline