
श्याम घिमिरे
चैत १४ अर्घाखाँची –
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले पाणिनि गाउँपालिकाका विभिन्न वडाहरुमा पुगेर सुक्रबार क्वारेन्टीन कक्षको अनुगमन र लकडाउनको अबस्थाबारे चासो व्यक्त गर्नुभएको छ । पौडेलले अनुगमनको क्रममा पालिकाको वडा नं. २ पोखराथोकमा पुगेर ४५ दिनको बिरामी बच्चाको बुबालाई उपचारका लागि बुटबल लैजान पास समेत उपलब्ध गराउनु भएको हो ।
