भारतबाट फर्किएका १३ जना सन्धिखर्कको क्वरेण्टीनमा

  

श्याम घिमिरे
चैत १३ अर्घाखाँची –

अर्घाखाँचीमा भारतबाट आएका १३ जनालाई क्वरेण्टीनमा राखिएको छ । उनिहरुलाई सन्धिखर्क नगरपालिका–१ मा रहेको युबाबर्ष जनता रबिचित्र माबीको क्वरेण्टीनमा व्यबस्था गरेर राखिएको हो । बिहिबार दिउँसो सम्म जिल्लाको भुमिकास्थान नगरपालिकाका ७ जना मालारानी गाउँपालिकाको १ जना र सन्धिखर्क नगरपालिकाका ५ जना गरी १३ जनालाई क्वरेण्टीनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुराज बेल्बासेले जानकारी दिनुभयो । क्वरेण्टीनमा बस्ने सबै केही दिनअघि भारतबाट फर्किएका रहेका छन् ।

Image may contain: 1 person, standing

क्वरेण्टीनमा रहेका मध्य एक जनालाई सामान्य ज्वरो र टाउको दुख्ने लक्षण देखीएपनि अन्य सबैको अबस्था सामान्य रहेको अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डा.कपिल गौतमले जानकारी दिनुभयो । यदीे उनलाई ज्वरो नबसेमा कोरोना भाईरसको नमुना संकलनकोलागी बुटबलमा रहेको प्रादेशिक अस्पतालमा रिफर गरीने गौतमले बताउनु भयो । भारतबाट आएका उनिहरुलाई नेपाल आउदा सामान्य रुघाखोकी र ज्वरो आएकोले क्वरेण्टीनमा राखीएको डा. गौतमले जानकारी दिनुभयो ।

Image may contain: one or more people, people standing, outdoor and nature

भारत लगायत अन्य मुलुकबाट जिल्लामा प्रवेश गर्ने जोकोहीले पनि १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताउनु भयो ।

Image may contain: one or more people and people standing

बिहिबार सम्म जिल्लाभर २६२ वटा क्वरेण्टीन बेडको निर्माण भएको र १३ जना क्वरेण्टीनमा बसेको सहायक प्रजिअ बेल्बासेले जानकारी दिनुभयो ।। फरक प्रसंगमा सहायक प्रजिअ बेल्बासेले जिल्लामा करीब २५ दिनलाई पुग्ने खाद्यान्न र १५ दिन लाई पुग्ने पेट्रोलियम पदार्थ मौज्दाद रहेको समेत जानकारी दिनुभयो ।

No photo description available.
Image may contain: outdoor

निजी अस्पतालले कोरोनाका शंकास्पद बिरामीको उपचार नगरेपछि अनुगमन समिति – बिरामीको उपचारदेखि अस्पतालको अवस्था पनि हेरिने

चैत १२, २०७६ काठमाडौं : कोभिड-१९ का शंकास्पद बिरामीको उपचारका लागि निजी अस्पताल तयार नभएपछि सरकारले अनुगमन समिति बनाएको छ। कोरोना भाइरसका शंकास्पद बीरामीलाई निजी अस्पतालले भर्ना लिएर उपचार गर्न तयार नभएको अवस्थामा स्वास्थ्य तथा तथा जनसंख्या मन्त्रालयले अनुगमन समिति बनाएको हो।  अनुगमन तथा व्यवस्थापनका लागि मन्त्रालयका सचिव यादव कोइरालाको संयोजकत्वमा एक समिति गठन गरिएको हो। सचिव यादव कोइरालाको संयोजकत्वमा बनाइएको समिति ७ सदस्यीय रहेको छ।

जसको नाम सरकारी तथा निजी अस्पताल व्यवस्थापन समन्वय समिति दिइएको छ।  देशभरका अस्पतालको अवस्थाबारेमा अनुगमन र कोरोनाका सम्भावित बिरामीको उपचारमा समन्वय गर्न मंगलबार उक्त समिति गठन गरिएको हो।  समितिले अस्पतालमा बिरामीको अवस्था, स्वास्थ्य उपकरण, बिरामीले उपचार पाए नपाएको, अस्पतालमा बिरामीको चापको पनि अनुगमन गर्ने भएको छ।  त्यसैगरि बिरामीले भरिएका अस्पताल, खाली अस्पताल आदिको पनि अनुगमन र समन्वय गर्ने जिम्मेवारी समितिले पाएको छ।

समितिमा स्वास्थ्य मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइराला, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राई, एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष बसुरुद्धिन अन्सारी सदस्य रहेका छन्।
source:thahakhabar