सन्धिखर्क एफएम चैत ९-
अर्घाखाँचीमा कोरोना भाइरस सम्बन्धि हेल्थ डेस्क स्थापनार्थ अनुगमन लाई तिब्रता दिइएको छ । प्रदेश सभा सदस्य चेतनारायण आचार्य सहितको टोलिले अर्घाखाँचीका विभिन्न ठाउँमा हेल्थ डेक्स स्थापना गर्ने निणय गर्दे मुख्य सिमावर्ती क्षेत्र ठाडाको डोहोटेमा आईतबार स्थलगत निरीक्षण गरेको हो ।

निरीक्षणमा शितगंगा नगरप्रमुख सुर्य प्रसाद अधिकारी, सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक, शितगंगा नगर उपप्रमुख टीका रेश्मी, प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल, प्रहरी नायब उपरीक्षक प्रकाश बिष्ट, शसस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधब रेग्मी,रामबाँण गुल्मका प्रमुख सुमन थापा, जनस्वास्थ प्रमुख पुष्पा थापा, स्वास्थ्थ कार्यालयका प्रमुख डा.कपिल गौतम लागायत सरोकारवाला निकायको सहभागीता रहेको थियो ।
टोलिले सोमबार बिहान देखि डोहोटेमा हेल्थ डेस्क स्थापना गर्ने जनाईएको छ ।यस्सै जिल्लाका ६ वटै स्थानीय निकायहरुले पनि सोमबार देखि नै आआफ्नो सिमामा हेल्थ डेक्स स्थापना गर्ने समाचारमा जनाईएको छ ।