सितगंगाको डोहोटे र पाणिनीको ढुङ्ग्रेखोलामा हेल्थ डेस्कको स्थापना

घनश्याम पौडेल/खिम अधिकारी
अर्घाखाँची, १० चैत । विश्व भरी फैलिएको कोरोना भाइरस सम्बन्धि रोकथामका लागी जिल्लाभरका स्थानिय सरकार रोकथामका लागी सक्रि भएका छन । जिल्लाको पाणिनी र शितगंगाले डोहोटेमा र पाणिनी गाउँपालिकाले पाणिनीको ढुङ्गेखोलामा सतर्कताका लागी हेल्थ डेस्कको स्थापना गरिएको छ । कोरोना भाइरस अर्घाखाँचीमा नफैलियोस भनी हेल्थ डेस्क स्थापना गरिएको हो । डोहोटेमा नगरप्रमुख सुर्य अधिकारीले सचेत हुनका लागी सबैलाई आग्रह गरे ।

अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाले कोरोना रोकथामका लागि सचेतनामुलक अभियान सञ्चालन गर्ने भएको छ । ढुङ्ग्रेखोलामा कोरोना रोकथामका लागि स्वास्थ्य सहायता कक्षको स्थापना गरेको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए ।

विश्वभर फैलिएको कोरोना रोकथामका लागि स्वयंसेविका तथा वुद्विजिवि मार्फत प्रचारप्रसार गर्ने, गाउँपालिकामा भित्रिएका बासिन्दाको डाटा संकलन पनि गर्ने गरी कार्यक्रम अगाडी बढाएको उपाध्यक्ष लक्ष्मी गौतमले बताईन ।

गाउँपालिकाभित्र रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई परिचालन गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलले बताए । कोरोना भाईरस सरूवा रोग भएका कारण ध्यान दिएर आफ्नो सुरक्षा आफै गर्नका लागि पाणिनि गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक शेषकान्त घिमिरेले बताए । source:hindukhabar.com

Advertisement

भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन [निर्णयसहित]

चैत्र १०, २०७६ काठमाडौँ — सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो । लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।

source:ekantipur.com

आज राति १२ बजे देखी अर्घाखाँची ‘लकडाउन’ शर्त पालना नगरे कडा कारबाही हुने

Image may contain: 2 people, people sitting and indoor


श्याम घिमिरे चैत्र १० अर्घाखाँची –
बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोकथाम गर्ने सन्र्दभमा अर्घाखाँची जिल्लालाई सोमबार मध्यरातिदेखि ‘लकडाउन’ गरिने भएको छ । सोमबार बिहान प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्बपक्षीय बैठकले अत्याबश्यक दैनिक उपभोग्य बस्तुहरु पेट्रोलियम पदार्थ,औषधि,ग्यास,खाद्यान्न,दुधडेरी,पानी,फलफुल सागसब्जी,दाल,चामल,तेल नुन बाहेक सम्पुर्ण होटल,व्यापार,व्यवसाय,चिया,कफिसपहरु आज राति १२ बजे देखी अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।


यस्तै जिल्लामा प्रवेश गर्ने मालबाहक सवारी साधन बाहेक अन्य निजी, सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकललाई पनि आबागमनमा प्रतिबन्ध लगाइएको छ । मालबाहक सवारी साधनलाई भने प्रतिबन्ध लगाइएको छैन । मालबाहक सवारी साधनमा चालक र सहयोगी मात्रै बस्न पाउने व्यवस्था गरीएको छ । चालक र सहयोगीलाई हेल्थ डेक्समा अनिबार्य चेकजाँच गरी आवश्यक परेमा क्वारेन्टाइनमा राख्ने समेत निर्णय भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिनुभयो ।


बैठकको निर्णय अनुसार खाद्यान्न, ग्यास र तेल पसल प्रत्येक दिन बिहान १० बजे देखि २ बजे सम्म मात्रै खुला हुनेछन् । यस्तै दुधडेरी, फलफुल,सागसब्जीहरु बिहान ६ बजे देखि ९ बजे सम्म र बेलुका ४ बजे देखि ७ बजेसम्म खुल्ला हुनेछन् भने औषधि पसल र पेट्रोलपम्पहरु २४ सौं घण्टा खुला रहनेछन् ।
बैठकमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का उज्ववल, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नेपाली कांग्रेस जिल्ला सभापति विष्णु खनाल मुस्कान,सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार बिक बिभिन्न्न दलका नेता, उद्योगी, व्यवसायी, यातायात व्यवसायी, निर्माण व्यवयासी, सुरक्षाकर्मी पत्रकार लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।यसैबिच माथी उल्लेखित शर्तहरु पालना नगरे कानुन बमोजिम कडा कारबाही हुने समेत जनाईएको छ ।

कोरोना संक्रमित युवतीले भेटेका मानिस खोज्दै सरकार ,सबैलाई क्‍वारेन्टाइनमा राखिने

चैत १०, २०७६ काठमाडौं : फ्रान्सबाट आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि सरकारले उनको सम्पर्कमा आएकाहरुको खोजी थालेको छ।  स्वास्थ्यमन्त्री भानुभक्त ढकालले काठमाडौं निवासी ती १९ वर्षीया युवतीको सम्पर्कमा आएजति सबै मानिसको खोजी थालिएको जानकारी दिए। ‘फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवतीको सम्पर्कमा आएजति सबैको खोजी थालेका छौँ’, उनले सोमबार मन्त्रालयमै गरिएको पत्रकार सम्मेलनमा भने, ‘उनको परिवारलाई सरकारको निगरानीमा होम क्वारेन्टाइनमै राखिसकिएको छ।

’ मन्त्री ढकालले फ्रान्सबाट कतार हुँदै काठमाडौं आउने क्रममा उनी सवार जहाजका यात्रुको पनि खोजी भइरहेको जानकारी दिए। ‘हामीले उक्त जहाजमा सवार अन्य यात्रुको अवस्थाबारे पनि खोजी गरिरहेका छौँ’, उनले भने,‘अहिलेलाई उक्त जहाजबारे नखुलाऊँ, हामी खोजिरहेका छौँ। युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा लान्छौँ।’ स्वास्थ्य मन्त्री ढकालका अनुसार फ्रान्समा अध्ययन गर्दै गरेकी ती युवती काठमाडौंकै बासिन्दा भएकाले उनी बसेको क्षेत्रमा मानिससँग सोधखोज थालिएको छ। source:thahakhabar.com

त्रिभुवन विमानस्थलमा कुनै पनि देशका जहाजले यात्रु लिएर आउन नपाउने

चैत १०, २०७६ सोमबार काठमाण्डौ – यात्रु बोकेर नेपाल आउने जहाजलाई सोमबारदेखि प्रतिबन्ध लगाइएको छ । 

गएराति १२ बजेदेखि कुनै पनि देशका जहाज यात्रु बोकेर नेपाल आउन नपाउने नियम लागु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ गतेदेखि १८ गतेसम्मको लागि स्थगित गरिएको घोषणा गरेअनुसार आजदेखि कुनै पनि देशका जहाजले नेपालमा यात्रु लिएर आउन पाउने छैनन् ।

तर खाली जहाज नेपाल आएर यहाँबाट यात्रु लिएर भने जान सक्नेछन् । प्रतिबन्ध लागेकै दिन अर्थात सोमबार पनि कतार एअरवेजका २ वटा, कोरियन र इत्तिहाद एअरका एक एक वटा उडानको तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २० मार्च अर्थात गएको शुक्रबारदेखि नै भारत, चीन, हङकङ, थाइल्याण्ड र सिँगापुरबाट आउनेबाहेक सबै देशका हवाई आवागमनमा रोक लगाएको थियो ।

तर गएरातिदेखि भने कुनै पनि देशका जहाज यात्रु लिएर नेपाल आउन पाउने छैनन् । 

तर सरकारले नेपाल आउन नपाउने नियम लगाए पनि जुन देशबाट यात्रुवहीन अर्थात खाली जहाज नेपाल आउन पाउनेछन् र यहाँबाट यात्रु लगेर जान पाउनेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल भन्नुहुन्छ, ‘जुनसुकै देशबाट पनि खाली जहाज नेपाल आउन पाउनेछन् र यहाँबाट यात्रु लिएर जान सक्नेछन्, तर एकजना पनि यात्रु ल्याउन पाउँदैनन् ।’ 

यस्तै सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाए पनि कार्गो लिएर आउने जहाज, स्वास्थ्य सामग्री र चिकित्सकसहित अत्यावश्यक सामग्री बोकेका जहाज भने नेपाल प्रवेश गर्न पाउने पनि महानिर्देशक पोख्रेलले जानकारी दिनुभयो ।source:ujyaaloonline