सन्धिखर्क एफएम चैत ७ अर्घाखाँची-
जिल्ला बिपत व्यवस्थापन समिति अर्घाखाँचीको बैठक सुक्रबार सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले चैत्र १ गते परेको असिना पानिले शितगंगा नगरपालिका , भुमिकास्थान नगरपालीका तथा सन्धिखर्क नगरपालिकामा भएको क्षतिको प्राप्त स्थलगत रिपोर्टको अध्ययन गरि केन्द्र तथा प्रदेश सरकारमा राहत माग गर्ने निर्णय गर्नुका साथै ती क्षेत्रलाई असिनाग्रस्त क्षेत्र २०७६ घोषणा गर्न पनि सरकारलाई अनुरोध समेत गरेको छ ।
बैठकले महामारीको रूपमा बिश्वभर फैलिएको कोरोना भाईरसको सावधानीको बिषयमा गहन छलफल गरि महत्वपूर्ण निर्णयहरू गरेको छ । जसमा भारत बाट नेपाल भित्रीने व्यक्तीको स्वास्थ्य जाँचको लागि आवश्यक प्रकृया पूरा गरि चैत १० गते देखी पत्थरकोटको आसपासमा सुबिधायुक्त ठाउँको पहिचान गरि स्वास्थ्य चेक जाँच कक्ष राखिने निर्णय गरेको छ । साथै कोरोनाका बिरामि भेटिएमा उपचारकालागी ४५ शैयाको आईशोलेसन बेड निर्माणका लागि प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरेको छ । यस्तैै स्थानीय सरकारलाई साबधानिको निम्ति आफ्नो तयारीमा तत्काल लाग्न अनुरोध गरेको छ । रोगको सन्त्रासका कारण गाउँघर फर्किने यात्रुहरुको आवागमनलाई मध्यनजर गर्दे गोरूसिङ्गे सन्धिखर्क मोटरबाटो चैत ८ बाट लगातार सुचारू गर्ने समेत बैठकले निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा प्रदेश सभा सदस्य चेतनारायण आचार्य जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा ,सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल ,शीतगंगा नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारी ,भुमिकास्थान नगरप्रमुख रेशम थापा,मालारानि गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य ,पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतम , छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल ,सुरक्षा निकायका प्रमुखहरू जिल्ला स्वास्थ्य कार्यालय लगायत विभिन्न कार्यालयका कार्यालय प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू ,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।