
श्याम घिमिरे चैत ३ अर्घाखाँची –
अर्घाखाँचीका औषधि ब्यवसायीहरुले ६ महिनाका लागी जिल्लामा औषधीको अभाव नहुने बताएका छन । अहिले सम्म बिक्रिबितरण हुदै आएका सबैखाले औषधी बिसम परिस्थिति बाहेक ६ महिना सम्मका लागी स्टक रहेकोले नआत्तिन उनिहरुले अर्घाखाँची बासीलाई अपिल समेत गरेका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को त्रासले जनता आतंकित भएको भन्दै हल्लाको पछि नलाग्न र नडराउन पनि व्यवसायीहरुले सबैलाई आग्रह गरेका छन ।
संक्रमणको संत्रासलाई कम गर्न सचेतना दिने उद्देश्यका साथ नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले सोमबार सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उनिहरुले यस्तो अपिल गरेका हुन् ।

उनिहरुले औषधी र माक्समा मेडिकलहरुले कालोबजारी गरेको पाईएमा समितीलाई जानकारी गराउन आग्रह गरे । यो अबस्थामा कालोबजारी गर्न खोज्नेलाई कारकाही गर्ने उनिहरुले बताए । नियमित सरसफाई,शारीरीक ब्यायाम,स्वस्थ्य आहार–बिहारमा ध्यान दिने ,ईम्युनिटी पावर बढाउने खालका खानेकुराहरु प्रयोगमा जोड दिए कुनैपनि रोगले तुरुन्तै आक्रमण नगर्ने भन्दै व्यवसायिहरुले अनाबश्यक रुपमा नअत्तालिन जिल्लाबासीलाई अनुरोध समेत गरे ।

संस्थाका अध्यक्ष प्रेम बहादुर पछाईको अध्यक्षता र महासचिव तिलक मिश्रको सञ्चालनमा सम्पन्न पत्रकार सम्मेलनमा र सम्मेलनमा लुम्बिनी अञ्चल शाखा परामर्श सल्लाहकार नारायण प्रसाद पौडेल,निबर्तमान औषधी व्यवसायी संघका अध्यक्ष लिलामणी ढुङ्गाना लगायतले मन्तव्य राख्दै नेपालमा कोरोनाको संक्रमण आएमा नियन्त्र गर्नुभन्दा आउन नदिन बढि ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै नियमित उमालेको पानी पिउने,सावुनपानीले राम्रो संग हात धुने,भिडभाडमा नजाने,भेटघाट हुँदा हात नमिलाउने,रुघाखोकी लागे माक्स प्रयोग गर्ने जस्ता सकरात्मक गतिबिधि गरेमा पनि रोग सर्नबाट बच्न सकिने उनिहरुको भनाई रहेको थियो ।