आजदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने

चैत १, २०७६ शनिबार काठमाण्डाै – आज रातिदेखि भारत र चीन बाहेकका विदेशी नागरिक स्थलमार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । कोरोना भाइरसको संक्रमण रेक्नका लागि सरकारले स्थालमार्ग हुँदै नेपाल आउने तेश्रो देशका नागरिकलाई आज शनिबार राति १२ बजेदेखि आउादाे वैशाख १८ गतेसम्मका लागि रोक लगाएको हो ।

यस्तै नेपाल–भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न निश्चित सीमाबाट मात्र आवागमन गर्ने व्यवस्था मिलाउने अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले बताउनुभयो ।

यसैगरी, विदेशी नागरिक तथा गैह्रआवासीय नेपालीलाई नेपाल आइसकेपछि दिइने अन अराइभल प्रवेशाज्ञा पनि आजै राति १२ बजेदेखि वैशाख १८ गते सम्मका लागि स्थगित गरिनेछ । यस्तै नेपाल आउन चाहने विदेशी नागरिकले आउनुभन्दा बढिमा सात दिन अघि लिइएको स्वास्थ्य प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

यसैगरी, आजै रातिदेखि नेपाल आउने विदेशी तथा विदशेबाट आउने नेपाली सबैले अनिवार्य आफैँ १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । यस्तै सरकारले विदेशमा रहेका नेपालीलाई अति आवश्यक काम बाहेक नेपाल नआउन आग्रह गरेको छ ।

यस बाहेक अर्को सूचना प्रकाशन नभएसम्मका लागि श्रम स्वीकृति तथा पढ्न विदेश जानेका लागि दिइने नो अब्जेक्शन लेटर स्थगित गरिएको छ । यस्तै सरकारले संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन सबैलाई अनुरोध पनि गरेको छ । source:ujyaaloonline

भारतमा ट्रली र जीप ठाेक्किदा एकै परिवारका ११ जनाको ज्यान गयो

चैत १, २०७६ शनिबार काठमाण्डौ – भारतको राजस्थान जोधपुरमा दुई वटा गाडी ठोक्किदा एकै परिवारका ११ जनाको ज्यान गएको छ । शनिबार बिहान ट्रली र जीप ठोक्किदा ११ जनाको घटनास्थलमै ज्यान गएको र अरु तीन जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेहरु रामदेवरा दर्शनका लागि गएका थिए । दुर्घटनामा एकै परिवारका ४ जना पुरुष, ६ जना महिला र एक बालककाे ज्यान गएकाे छ । 

घाइतेहरुको जोधपुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरी दुःख व्यक्त गर्नुभएको थियाे । source:ujyaaloonline

नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीकाे बैठक सम्पन्न, अध्यक्षमा शिला पाेख्रेल

सन्धिखर्क एफएम चैत्र १ अर्घाखाँची – नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अर्घाखाँचीकाे बैठक सुक्रवार सन्धिखर्कमा सम्पन्न भएको छ।

समितिका उपाध्यक्ष बाल बहादुर जिसिकाे अध्यक्षतामा सम्पन्न बैठकमा संगठनका केन्द्रीय सदस्य कविसिंह कठायतले संगठनकाे परिपत्रकाे जानकारी तथा संगठनकाे भावी कार्यक्रमबारे प्रकाश पार्नु भएको थियोे ।

बैठकले समितिका रिक्त रहेका पदहरूकाे समेत पुर्ति गरेकाे छ । जसमा रिक्त रहेकाे अध्यक्ष पदमा शिला पाेख्रेल, महिला उपाध्यक्षमा तुलसा श्रेष्ठ र काेषाध्यक्षमा गणेश भण्डारीलाई सर्बसम्मत रूपमा मनाेनयन गरेको छ ।

बैठकले कर्मचारी संगठन बाट अर्घाखाँचीकाे पर्यटकिय स्थल नरपानीमा निर्माणाधिन सहिद पार्ककाे नविकरण गरि बाँकि कामलाई अगाडि बडाउन थप पहल गर्ने समेत निर्णय गरेकाे छ ।

संगठनका सचिव दिलिप केसिकाे सन्चालन मा सम्पन्न बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्कुल बिभाग प्रमुख पिताम्वर भुसाल, पेशागत महासंघ अध्यक्ष एवं नेकपा प्रचार बिभाग प्रमुख तिलक मिश्र, सिबिए काबा अध्यक्ष बलराम मिश्रकाे समेत अातिथ्यता रहेकाे थियाे ।