कोरोना भाइरस नियन्त्रण गर्न अर्घाखाँचीमा सहायता कक्ष स्थापना

सागर महत फाल्गुन ३०,अर्घाखाँची – स्वास्थ्य कार्यालय अर्घाखाँची र अर्घाखाँची अस्पतालको समन्वयमा हाल विश्वभर महामारिको रुपमा फैलिएको नोवल कोरोना भाइरस सम्बन्धि आम जनतामा रहेको डर, त्रास हटाउन तथा संस्कास्पद रोगीहरुलाई मध्यनजर गर्दै शुक्रबार सहायता कक्ष स्थापना गरिएको छ । छिटो छिटो फैलिन सक्ने महामारिजन्य रोग तथा नोवेल कोरोनालाई ध्यानमा राखि अर्घाखाँची अस्पतालमा संस्कास्पद व्यक्तिहरुलाई राख्नका लागि छुट्टै कोठाको समेत व्यवस्था गरेको बताएको छ ।

माहामारि तथा सडक दुर्घटना जस्ता आपकालिन उद्धार कार्यका लागि अतिआवश्यक औषधी तथा सामाग्रीको व्यवस्था गर्ने र माहामारी विपत व्यवस्थापन न्युनिकरण तथा प्रकोपजन्य रोगहरुको अवस्थामा तत्काल आकस्मिक सहायताका लागि स्वास्थ्य कार्यालयका प्रमुख पुष्पा थापाको संयोजकत्वमा डाक्टर कपिल गौतम, डाक्टर सन्तोष न्यौपाने रहने गरि ९ सदस्सीय जिल्ला स्तरीय ¥यापिड रेसपोन्स टिम गठन गरिएको छ ।

माहामारि तथा आपतकालिन अवस्थामा सहायताको टिम परिचालन गरिने स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिजय बि.क.ले जानाकारी दिए । कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षणहरु देखिए तत्काल स्वास्थ्य संस्थामा गई स्वास्थ्य परिक्षण गर्न अनुरोध समेत गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)छत्रदेव गाउँ कमिटीकाे बैठक सम्पन्न

हिम लेकाली फाल्गुन ३० – नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) छत्रदेव गाउँ पालिका कमिटिकाे चाैंथाे पुर्ण बैठक सम्पन्न भएको छ । नेकपा अध्यक्ष रामलाल पराजुली काे अध्यक्षता मा सम्पन्न बैठकमा नेकपा केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज शुसिला श्रृपालीले नेकपा तथा सरकारले गरेकाे असल कामहरूकाे प्रचार गर्दै सत्य तथ्य कुरा जनता बिचमा ल्याउन कार्यकर्ताहरूलाई अनुराेध गर्नु भएको छ । उहाँले पार्टीले सन्चालन गरेकाे ३ महिने जनअभियान सफल पार्न जनताकाे घरदैलाेमा पुग्न सबै नेताकार्यकर्ता लाई अाग्रह गर्नु भयाे ।

कार्यक्रममा नेकपा ५ नं.प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं १ ईन्चार्ज नरेन्द्र कुमार क्षेत्री ले नेकपा का नेता तथा कार्यकर्ताहरू कम्युनिस्ट अाचारणमा रहेर जनप्रीय काम गर्न सके कहिल्यै कमजाेर नहुने बताउँदै उच्चमनाेवलका साथ कार्यक्षेत्रमा श्रेष्ठता हासिल गर्न अाग्रह गर्नु भयाे । बैठकमा केन्द्र ,प्रदेश तथा जिल्लाका परिपत्र समेत बाचन गरियकाे थियाे भने पार्टि सुदृढीकरण तथा जन अभियान सफल पार्न पालिका कमिटीले विभिन्न महत्त्वपूर्ण निर्णयहरू समेत गरेकाे छ ।

बैठकमा नेकपा प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नं. १ सह ईन्चार्ज छम कुमारि खनाल चिनारि , जिल्ला सदस्य छत्रदेव ईन्चार्ज भबिस्वर पाण्डे ,सह ईन्चार्ज माधव पन्थी, निर्वाचन क्षेत्रीय सचिव धुर्वकुमार पाण्डे , जिल्ला सदस्य हरु रामजि प्रसाद ज्ञवाली, नवराज रायमाझी, प्रदेश बिभाग सदस्य भाेजराज पाण्डे लगाएतकाे अातिथ्यता रहेकाे थियाे । सचिव भाेज बहादुर रायमाझी काे सन्चालनमा सम्पन्न बैठकले एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान लाई ब्यवस्थित र भब्यरुपमा सन्चालन गर्ने लगाएतका महत्त्वपूर्ण निर्णयहरु गरेको छ।

नेकपा प्रचार तथा प्रकाशन विभागद्धारा पत्रकार सम्मेलन ।

Image may contain: 3 people, including Tilak Mishra, people sitting and indoor


श्याम घिमिरे
फागुन ३० अर्घाखाँची –
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचार तथा प्रकाशन विभाग अर्घाखाँचीको आयोजनामा सुक्रबार सन्धिखर्कमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा बोल्दै विभागका प्रमुख तिलक मिश्रले पार्टीले यही चैत्र १ गते देखी जिल्लाभर ३ महिने सांगठनिक अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । अभियान अन्र्तरगत पार्टी सुदृढिकरण ,संगठन बिस्तार, जनसम्बन्ध बिस्तार लगायतका कार्यक्रमहरु तय गरीएको मिश्रले जानकारी दिनुभयो । पार्टीले निर्धारण गरेका ठुला कार्यक्रमहरु भने कोरोना भाईरसका कारण स्थगित भएको मिश्रले बताउनु भयो । उहाँले जिल्लामा पार्टीका स्थानीय कमिटीहरू गठन भई सपथ ग्रहण कार्य समेत सम्पन्न भएकाले पार्टीका नियमित कार्यहरू सुरू भएको जानकारी दिनुभयो ।

यस्तै मिश्रले पार्टीको तर्फबाट बिजयी जनप्रतिनिधिहरुले राम्रो काम गरेको भएतापनि केही मिडियाहरुले कामको गलत प्रचार गरेको भन्दै राम्रो कामको प्रचार गर्न सबै मिडियाहरुलाई आग्रह समेत गर्नुभयो । स्थानिय तहको उपनिर्वाचनमा पार्टीभित्रैबाट अन्तर घात गरेका कारण पराजय भोग्नु परेको भन्दै मिश्रले अब पार्टी एक ढिक्का भएर अगाडी बढ्ने दाबि समेत गर्नुभयो । बिभागका सचिब रीषी भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित कृयाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सन्धिखर्कको डिभर्नामा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गयो

लक्ष्मण घिमिरेफाल्गुन २९ – जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ ।
घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा सोही स्थानकी २३ वर्षिय आरती बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक प्रकाश बिष्टले जानकारी दिए ।
स्थानियवासीका अनुसार माटो खन्ने क्रममा ढिस्को खस्न थालेपछी आरती भाग्न खोजेकी थिईन् । ढिस्को संग तर्किएकी उनलाई रुखमा अड्किएको ढुङ्गा खसेर लाग्दा घटनास्थलमै ज्यान गएको हो ।
मृतक बिकका श्रीमान अहिले रोजगारीको सिलसिलामा भारत रहेको छन् । उनको चार वर्षिय एक छोरा पनी छन् ।

काेराेना भित्रिन नदिन सरकारकाे तयारी : सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोराना भाइरस (कोभिड–१९) लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेकाे छ । महामारीकाे घाेषणापछि  देशकाे सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ ।

चीनबाट फैलिएर युरोपेली र केही मध्यपूर्वका देशमा समेत कोभिड–१९ को सङ्क्रमण बढेकाले थप देशको भिसा रोक्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो । 

‘सुरुमा पाँच देशबाट आउने भिसा रोक्ने भनेकोमा अझै केही थप देशहरुको भिसा रोक्ने निर्णय भएको छ’, कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय सुनाउँदै प्रवक्ता डा. खतिवडाले जानकारी दिनुभयो । 

थप कुनकुन देशको भिसामा रोक लगाइएको हो भन्ने बारेमा भने उहाँले खुलाउनु भएन । सूचना एकद्वार प्रणालीबाट जाने भएकाले समितिको सचिवालयले त्यसको आधिकारिक निर्णय सार्वजनिक गर्ने मन्त्री खतिवडाले बताउनुभयो । उहाँले हवाई उडानमा भने कटौती नगरिएको जानकारी दिनुभयो । भिसा रोकिएपछि स्वतः कटौती हुने उहाँले बताउनुभयो । यसअघि सरकारले चीन, इरान, इटाली, फ्रान्स जर्मनी, स्पेन, दक्षिण कोरिया र जापानको अन अराइभल भिसामा रोक लगाएको थियो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको समितिको बैठकमा डब्ल्यूएचओले महामारीको रुपमा घोषणा गरेपछिको उत्पन्न जोखिमको समीक्षा गरी नेपालमा गर्नुपर्ने आवश्यक तयारीका विषयमा थप छलफल भएको थियो । छिमेकी देश भारतमा पनि सङ्क्रमणको सङ्ख्या बढ्दै गएको छ । याे अवस्थामा बैठकले थप उच्च सतर्कता अपनाउने निर्णय गरेको अर्थ मन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. खतिवडाले जानकारी दिनुभयो । 

भारतले आफ्नो देशको नाकामा नियमन गर्दै खास नाकाबाट आवागमन खोल्ने निर्णय गरेकाले नेपालतर्फबाट पनि त्यही नाका प्रयोग गरिने भएको छ । त्यसको आवश्यक प्रक्रिया मिलाउन गृह र परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको उहाँले जानकारी दिनुभयो । पछिल्लो दिनमा समितिको बैठक नियमित जसो बस्दै आएको छ । बुधबार मात्रै सर्वदलीय बैठक बसेर रोग भित्रिन नदिन उच्च सचर्कता अपनाउने निर्णय भएको थियो ।

थप पूर्वतयारीमा सरकार

अहिलेसम्म नेपालमा कुनै सङ्क्रमण भएको छैन । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिम क्षेत्रमा राखेको अवस्थामा सङ्क्रमण भइहालेमा त्यो बेलाको तयारीका लागि अहिलेदेखि नै क्वारेन्टाइन सेन्टर र आइसोलेशन वार्ड तथा उपकरणहरु र उपचारका लागि चाहिने यन्त्रहरुको आपूर्ति बढाउने निर्णय बैठकले गरेको छ । 

‘पूर्वतयारी स्वरुप त्यस्तो सेन्टर बनाउँदा सम्भव भएसम्म घना बस्तीभन्दा पर तयारी गर्ने निर्णय भएकाे छ, त्यसको आवश्यक प्रक्रिया स्वास्थ्य मन्त्रालयले मिलाउने भनिएको छ’, मन्त्री डा. खतिवडाले भन्नुभयो । आवश्यक परेमा सुरक्षाकर्मीले तत्कालै संरचना बनाउन सक्ने गरी जाने तयारी थाल्ने बैठकको निष्कर्ष छ । 

पूर्वतयारी स्वरुप मेडिकल कलेजका स्वास्थ्यकर्मी, रेडक्रस, स्काउट तथा मेडिकल क्षेत्रका सामाजिक संस्थाका प्रतिनिधिलाई स्वयंसेवकको रुपमा परिचान गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय पनि बैठकले गरेको छ । सङ्क्रमण नदेखिँदासम्म विद्यालय र परीक्षा भने नियमित सञ्चालन गरिने भएको छ ।

मन्त्री डा. खतिवडाले भन्नुभयो, ‘कुनै समस्या आएमा तत्कालै स्कुल बन्द गर्न सक्ने गरी निर्णय लिएर जाने कुरा भएको छ, अहिले नै बन्द गर्ने निर्णय भने भएको छैन ।’ 

उहाँले सरकारका तर्फबाट सार्वजनिक समारोह, भेला कम गर्ने र सामाजिक रुपमा विवाह भोजहरु कम गरी आफै पनि सतर्कता अपनाउन सार्वजनिक अपिल गर्ने निर्णय गरेको जानकारी दिनुभयो । समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो । source:ujyaalonline