शोभाखर पन्थी,सन्धिखर्क एफएम
अर्घाखाँची / फाल्गुन २९ –
नेपाल कम्युनिस्ट पार्टी नेकपा स्कुल बिभागको सचिवमा शम्भु प्रसाद पोख्रेल चयन हुनुभएको छ । पार्टी स्कुल बिभागको बैठकले नेता पोख्रेल लाई सचिव छनौट गरेको हो । सचिवमा पोख्रेल चयन भए सँगै नेकपा स्कुल बिभागले पुर्णता पाएको छ । यस अघि प्रमुखमा पिताम्बर भुसाल ,उपप्रमुख कमल प्रसाद घिमिरे र सदस्यमा श्रीकृष्ण भुसाल , लिलबहादुर बि.क.,शालिकराम आचार्य,ध्रुव के.सी.,युवराज भुसाल,केवी भुसाल,रामबहादुर रायमाझी ख, ठाकुर सौराग,बसन्त खड्का,माधवा भुसाल, कुशल भुसाल,बिष्णु पोखरेल लाई नेकपा जिल्ला कमिटीले चयन गरेको थियो । बैठकले ३ महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालनको निम्ति प्रशिक्षण सामाग्री निर्माणको लागि प्रमुख पिताम्बर भुसाल , सचिव शम्भु प्रसाद पोख्रेल र सदस्य श्रीकृष्ण भुसाल रहेको ५ सदस्यीय छुट्टाछुट्टै ३ वटा समिति निर्माण गरेको छ ।

समृद्ध नेपाल ,सुखी नेपालीको आधार – सुदृढ पार्टी ,सुशासन र लोकप्रिय सरकार भन्ने मुल नाराका साथ चैत १ गतेदेखि घर दैलो अभियान संचालको तयारी गरेको नेकपा अर्घाखाँचीले अहिले विभिन्न पालिका कमिटी तथा जिल्ला बिभाग र जनवर्गीय समितिका बैठकहरु संचालन गरिरहेको छ । पार्टी स्कुल बिभाग प्रमुख पिताम्वर भुसालको अध्यक्षता र उपप्रमुख कमल घिमिरेको संचालनमा सम्पन्न बैठकमा नेकपा केन्द्रीय कमिटीका सदस्य द्वय नजिर मियाँ ,शुशीला श्रीपाली ,प्रदेश कमिटीका सदस्य पिताम्बर भुसाल ,नरेन्द्र कुमार क्षेत्री ,छमकुमारी खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै पार्टीको नीति,बिचार र सिद्धान्त लाई पार्टी कार्यकर्ता ,शुभेच्छुक तथा आम जनता बीच पुर्याउन पार्टी स्कुल बिभागको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

उहाँहरुले आम जनता बीच सहि बिचार पुर्याउन सकेमात्र पार्टी सुदृढ र बलियो हुने धारणा राख्नुभएको थियो । पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा गहन अध्ययनको खडेरी पर्दै गएको भन्दै वक्ताहरूले चिन्ता समेत प्रकट गरेका थिए ।
