सर्वसहमति मै राजधानी – मन्त्री केसी

फागुन २९, बुटवल । प्रदेश ५ का आन्तरिक मामीला तथा कानुन मन्त्री कुल प्रसाद केसीले सर्वसहमतिबाट नै राजधानी र नामाकरण ट’ंगो लाग्ने बताएका छन् । उनले राजधानी र केन्द्र तोक्ने जस्तो विषयमा हतार गर्न नहुने भन्दै पाको र गहन ढंगले अध्ययन गरी घेषणा गर्ने तयारीमा रहेको बताए । रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ बुटवल आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले प्रदेश राजधानीका लागि तीन वटा क्षेत्र दावेदारीमा आएको भए पनि सवैलाई पायक पर्ने गरी निर्णय हुने बताए । “राप्ती अन्चलको राजधानी तुल्सिपुर ल’म्बिनी अन्चलको राजधानी बुटवल र भेरी अन्चलको राजधानी नेपालगन्ज जस्ता क्षेत्रहरुले दावेदारी पेश गरेका छन् । हामी सवैलाई न्याय हुने गरी नै राजधानी निर्धारण गर्दछौँ ।”—उनले भने ।

साक्षात्कारमा बोल्दै प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवल राजनीतिक क्षेत्रमात्र नभई इतिहाससँग जोडिएको क्षेत्र भएकाले बृहत्तर बुटवल नै राजधानी बन्ने बताए । “भर्जिन स्थानको खोजी ह’ँदैछ, जुन रुपन्देहीको विकल्प हुन सक्दैन । त्यस्तो स्थान कनेक्टीभिटी नभएको, एयरपोर्ट नभएको वा प“र्वाधार विहिन स्थान ह’न सक्दैन् । नयाँ स्थानमा बनाउँदा ५० बर्ष लाग्न सक्छ । त्यसले समय मात्र होइन स्रोत समेतमा वाधा ल्याउँछ ।” —उनले भने ।

साक्षत्कारमा बोल्दै प्रदेश सभा सदस्य फकरुद्धिन खाँनले राजधानी र नामाकरणले प्रदेशको कार्यसम्पादनमाथि नै प्रश्न चिन्न उठेको बताए । “कार्यकाल अवधि मै प्रस्ताव नआउने पो हो की भन्ने आसंका पैदा भएको छ,उनले भने— “प्रदेशको आधारभ“त काम भने कै प्रदेशको राजधानी र नामाकरण हो, त्यही नै दुई बर्ष सम्म भएन । यसमा सरकारको सक्षमता कति भन्ने प्रष्ट भएको छ ।” उनले बुटवल कर्मचारी आउन एक बर्ष लाग्यो अव अन्यत्र लैजाँदा कर्मचारी जान तयार ह’न्छन् वा ह’ँदैन् रु प्रश्न गर्दै बुटवल क्षेत्र नै उपयुुक्त हुने ठोक’वा गरे ।

त्यस्तै समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष पाण्डे संघीय स्तरका नेताहरुबाट प्रदेशको राजधानी र नामाकरणका सन्दर्भमा निर्देशन दिनु गलत भएको बताए । उनले राजधानीको विषय प्रदेशसभा सदस्यहरुको अधिकार क्षेत्र भएकाले पार्टीको ह्यीप लगाउन’ उपयुुक्त नहुने धारणा राखे । भर्जिन ल्यान्डका नाममा बन्जर क्षेत्रमा राजधानी बनाउन नहुने उनको तर्क छ । साक्षात्कार, क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

Advertisement

नेकपा प्रचार तथा प्रकाशन बिभागको बैठक सम्पन्न

नबिन केसी,फागुन २९अर्घाखाँची- नेकपा प्रचार तथा प्रकाशन बिभाग अर्घाखाँचीको बैठक बुधबार सम्पन्न भएको छ । बिभागका प्रमुख तिलक मिश्रको अध्यक्षता नेकपा जिल्ला सचिब ठाकुर कुमार बि.क , नेकपा प्रदेश कमिटी सदस्य छमकुमारी खनाल र नेकपा कार्यालय सदस्य पिताम्बर भुसालको आतिथ्यता रहेको थियो । बैठकले पार्टिले सञ्चालन गर्ने तीन महिने अभियानलाई सहयोग गर्ने निर्णय समेत गरेको छ ।

Image may contain: 5 people, including Ashok Khanal and Basanta Shrestha, people sitting and closeup

नेकपा नेतृत्वको सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ पुराउन प्रचार बिभागका सदस्यहरुले भुमिका निरबार्ह गर्न जिम्मेबारी दिएको र पार्टिको मुखपत्रलाई व्यबसथीत गर्ने नियमित पत्रकार भेटघटलाई निरन्तरता दिने निर्णय गरेको नेकपा प्रचार तथा प्रकाशन बिभाग प्रमुख तिलक मिश्रले जानकारी दिनु भयो ।

Image may contain: 6 people, people sitting

नेकपा स्कुल बिभागको सचिबमा पोख्रेल

शोभाखर पन्थी,सन्धिखर्क एफएम
अर्घाखाँची / फाल्गुन २९ –

नेपाल कम्युनिस्ट पार्टी नेकपा स्कुल बिभागको सचिवमा शम्भु प्रसाद पोख्रेल चयन हुनुभएको छ । पार्टी स्कुल बिभागको बैठकले नेता पोख्रेल लाई सचिव छनौट गरेको हो । सचिवमा पोख्रेल चयन भए सँगै नेकपा स्कुल बिभागले पुर्णता पाएको छ । यस अघि प्रमुखमा पिताम्बर भुसाल ,उपप्रमुख कमल प्रसाद घिमिरे र सदस्यमा श्रीकृष्ण भुसाल , लिलबहादुर बि.क.,शालिकराम आचार्य,ध्रुव के.सी.,युवराज भुसाल,केवी भुसाल,रामबहादुर रायमाझी ख, ठाकुर सौराग,बसन्त खड्का,माधवा भुसाल, कुशल भुसाल,बिष्णु पोखरेल लाई नेकपा जिल्ला कमिटीले चयन गरेको थियो । बैठकले ३ महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान संचालनको निम्ति प्रशिक्षण सामाग्री निर्माणको लागि प्रमुख पिताम्बर भुसाल , सचिव शम्भु प्रसाद पोख्रेल र सदस्य श्रीकृष्ण भुसाल रहेको ५ सदस्यीय छुट्टाछुट्टै ३ वटा समिति निर्माण गरेको छ ।

Image may contain: 4 people, people sitting and indoor


समृद्ध नेपाल ,सुखी नेपालीको आधार – सुदृढ पार्टी ,सुशासन र लोकप्रिय सरकार भन्ने मुल नाराका साथ चैत १ गतेदेखि घर दैलो अभियान संचालको तयारी गरेको नेकपा अर्घाखाँचीले अहिले विभिन्न पालिका कमिटी तथा जिल्ला बिभाग र जनवर्गीय समितिका बैठकहरु संचालन गरिरहेको छ । पार्टी स्कुल बिभाग प्रमुख पिताम्वर भुसालको अध्यक्षता र उपप्रमुख कमल घिमिरेको संचालनमा सम्पन्न बैठकमा नेकपा केन्द्रीय कमिटीका सदस्य द्वय नजिर मियाँ ,शुशीला श्रीपाली ,प्रदेश कमिटीका सदस्य पिताम्बर भुसाल ,नरेन्द्र कुमार क्षेत्री ,छमकुमारी खनाल लगायतका वक्ताहरूले मन्तव्य राख्दै पार्टीको नीति,बिचार र सिद्धान्त लाई पार्टी कार्यकर्ता ,शुभेच्छुक तथा आम जनता बीच पुर्‍याउन पार्टी स्कुल बिभागको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

Image may contain: 4 people, including Lila Baral and Kushal Bhusal, people sitting

उहाँहरुले आम जनता बीच सहि बिचार पुर्‍याउन सकेमात्र पार्टी सुदृढ र बलियो हुने धारणा राख्नुभएको थियो । पछिल्लो समय कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामा गहन अध्ययनको खडेरी पर्दै गएको भन्दै वक्ताहरूले चिन्ता समेत प्रकट गरेका थिए ।

Image may contain: 3 people, people sitting and indoor