
बिक्रम पाण्डे फाल्गुन २७ , अर्घाखाँची – प्रथम अध्यक्ष कप खुल्ला कृकेट प्रतियोगिता सन्धिखर्क टुडिखेलमा सम्पन्न भएको छ । “स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद “भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजनामा कृकेट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन सत्र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

खेलको उद्घाटन गर्दै भुसालले खेलाडीहरुले आफ्नो नाम मात्र नभएर रास्ट्रको सिरलाई उचो राख्न सक्ने बताउनु भयो । खेलाडीहरु रास्ट्रका गहना भएकोले गाउँगाउँमा रहेका खेलाडीहरुको खोजी गर्दै उनीहरुको खेल प्रतिको रुचि र क्षेमतालाई प्रोत्साहनको साथै उचित किसिमको प्रशिक्षण दिनु अहिले आवस्यकता रहेको बताउनु भएको छ । खेलाडीहरुको लागि तालिम र प्रशिक्षणको कमि भएको छ अब त्यस तर्फ हरेक स्थानीय तह तथा सम्बन्धित पक्ष प्रतिबद्ध हनुपर्छ ।

प्रमुख भुसालले भन्नू भयो,” जिल्लाको खेल क्षेत्रको बिकासको लागि सन्धिखर्क नगरपालिका सकारात्मक छ , खेल बिकास र खेलाडीहरुको क्षेमता अभिबृद्विका लागि आवश्यक सहयोग गर्न तयार छ ।” त्यस्तै कार्यक्रममा अर्घाखाँची कृकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जिल्लाको कृकेट खेलको बिकासमा आफू र आफ्नो सस्था सधै तयार रहने बताउनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिक , सधिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली , सनपा १२ का वडा सदस्य बाबुराम बस्याल , रास्ट्रीय खेलाडी बिक्रम भुसाल , वडा सचिव अनन्तमणी पोख्रेल , नेपाली काङ्ग्रेस नेता लिलाधर बस्याल , पत्रकारा महासंघका उपाध्यक्ष गणेश खनाल लागायतको उपस्थित रहेको थियो । प्रतियोगितामा सनपा १२ का ५ समुहको सहभागिता रहेको थियो ।
प्रतियोगितामा गैराचाैर क्रीकेट क्लब प्रथम भएको छ ।फाइनल खेलमा सल्लिकाेट -११ लाई १० विकेटले पराजित गर्दै गैराचाैर क्रीकेट क्लब विजेता वनेकाे हाे। भने म्यान अफ दि सिरीज गैराचौर कृकेट क्लबका सुनिल जिसी भए । प्रतियोगिता भर मनोज सापकोटा , सुवास थापा , सन्तोस खड्काले अम्पायरको भुमिका निर्वाह गर्नु भएको थियो । उद्घाटन कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता , वडा सदस्य तथा कार्यपालिका सदस्य हिमकला टमटाको स्वागत मन्तव्य एव बिक्रम पाण्डे समान्ताको सन्चालममा सम्पन्न भएको हो ।
