प्रथम अध्यक्ष कप खुल्ला कृकेट प्रतियोगिता सम्पन्न , “खेलाडीहरुको क्षेमता बभिबृद्विमा अब प्रतिबद्ध हुनुपर्छ ।” – नगर प्रमुख भुसाल

बिक्रम पाण्डे फाल्गुन २७ , अर्घाखाँची प्रथम अध्यक्ष कप खुल्ला कृकेट प्रतियोगिता सन्धिखर्क टुडिखेलमा सम्पन्न भएको छ । “स्वास्थ्यको लागि खेलकुद रास्ट्रको लागि खेलकुद “भन्ने नाराका साथ सन्धिखर्क नगरपालिका वडा न १२ को आयोजनामा कृकेट प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन सत्र सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

खेलको उद्घाटन गर्दै भुसालले खेलाडीहरुले आफ्नो नाम मात्र नभएर रास्ट्रको सिरलाई उचो राख्न सक्ने बताउनु भयो । खेलाडीहरु रास्ट्रका गहना भएकोले गाउँगाउँमा रहेका खेलाडीहरुको खोजी गर्दै उनीहरुको खेल प्रतिको रुचि र क्षेमतालाई प्रोत्साहनको साथै उचित किसिमको प्रशिक्षण दिनु अहिले आवस्यकता रहेको बताउनु भएको छ । खेलाडीहरुको लागि तालिम र प्रशिक्षणको कमि भएको छ अब त्यस तर्फ हरेक स्थानीय तह तथा सम्बन्धित पक्ष प्रतिबद्ध हनुपर्छ ।

प्रमुख भुसालले भन्नू भयो,” जिल्लाको खेल क्षेत्रको बिकासको लागि सन्धिखर्क नगरपालिका सकारात्मक छ , खेल बिकास र खेलाडीहरुको क्षेमता अभिबृद्विका लागि आवश्यक सहयोग गर्न तयार छ ।” त्यस्तै कार्यक्रममा अर्घाखाँची कृकेट संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जिल्लाको कृकेट खेलको बिकासमा आफू र आफ्नो सस्था सधै तयार रहने बताउनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिक , सधिखर्क नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जीवन ज्ञवाली , सनपा १२ का वडा सदस्य बाबुराम बस्याल , रास्ट्रीय खेलाडी बिक्रम भुसाल , वडा सचिव अनन्तमणी पोख्रेल , नेपाली काङ्ग्रेस नेता लिलाधर बस्याल , पत्रकारा महासंघका उपाध्यक्ष गणेश खनाल लागायतको उपस्थित रहेको थियो । प्रतियोगितामा सनपा १२ का ५ समुहको सहभागिता रहेको थियो ।

प्रतियोगितामा गैराचाैर क्रीकेट क्लब प्रथम भएको छ ।फाइनल खेलमा सल्लिकाेट -११ लाई १० विकेटले पराजित गर्दै गैराचाैर क्रीकेट क्लब विजेता वनेकाे हाे। भने म्यान अफ दि सिरीज गैराचौर कृकेट क्लबका सुनिल जिसी भए । प्रतियोगिता भर मनोज सापकोटा , सुवास थापा , सन्तोस खड्काले अम्पायरको भुमिका निर्वाह गर्नु भएको थियो । उद्घाटन कार्यक्रम वडा अध्यक्ष नारायण खड्काको अध्यक्षता , वडा सदस्य तथा कार्यपालिका सदस्य हिमकला टमटाको स्वागत मन्तव्य एव बिक्रम पाण्डे समान्ताको सन्चालममा सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is 88423289_231771127995834_6597991535357198336_n.jpg

जेष्ठ कम्युनिस्ट मञ्चको सपथ सम्पन्न , सामाजिक न्यायको निम्ति नेकपाको बिकल्प छैन : नेता बिक

शोभाखर पन्थी अर्घाखाँची फाल्गुन /२७ नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला जेष्ठ कम्युनिस्ट मञ्च अर्घाखाँचीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता ठाकुर कुमार बि.क. किशोरले वर्गीय बिभेदको अन्त्य र सामाजिक न्यायको निम्ति नेकपाको बिकल्प नभएको बताउनुभयो । उहाँले बर्तमान सरकारले जेष्ठ नगरिकहरुको रक्षा र सम्मानको निम्ति बिशेष पहल गरेको बताउँदै ,उहाँले उनीहरुको अनुभव र क्षमताको कदर गरेर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सदस्य छमकुमारी खनाल चिनारीले जेष्ठ नागरिकहरुको योगदानका कारण नेपाल कम्युनिस्ट पार्टी नेकपा संसारमै बलियो कम्युनिस्ट पार्टी भएको बताउँदै सहिदको सपना र पुर्खाको अनुभव लाई आत्मसाथ गरेर अघि बढ्ने बताउनुभयो । नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सदस्य पिताम्बर भुसालले बिकास र समृद्धिको अभियान लाई बर्तमान सरकारले पुरागर्ने बताउनुभयो ।

अर्का कार्यालय सदस्य राजेन्द्र भुसालले बलियो र संगठित कम्युनिस्ट पार्टीको बिकल्प नभएको बताउनुभयो । जेष्ठ कम्युनिस्ट मञ्च अर्घाखाँचीका अध्यक्ष खिमानन्द पन्थीको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यालय सचिव लिलबहादुर बि.क.को संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला कमिटीका सदस्य कमला भण्डारी ,नरबहादुर कुमाल,नारायण अर्याल लगायतका बक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी नेकपा निकट न्याय,कानुन तथा मानवअधिकार विभागको बैठक सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएको छ । विभागका प्रमुख कमला भण्डारी भुसालको अध्यक्षता र सदस्य बावुराम पौडेलको संचालनमा सम्पन्न बैठकले मानव अधिकार र न्यायको पक्षमा अभियान संचालन गर्ने लगायतका निर्णय गरेको छ ।

प्रदेश ५ का प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन बेड तयार : सामाजिक विकास मन्त्रालय

फागुन २७, रुपन्देही – कोरोना भाइरस (काेभिड–१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले प्रदेशका प्रमुख अस्पतालमा चिकित्सकसहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको बताएको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालसहितका मुख्य–मुख्य अस्पतालमा आइसोलेशन बेड तयारी अवस्थामा राखिएको हो । दुई वटा क्याबिन आइसोलेशन बेडका रुपमा राखिएको र डाक्टर सुर्दशन थापालाई फोकल चिकित्सकको रुपमा चयन गरिएको छ । बिरामीको चापअनुसार बेड थप्न सकिने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिनुभयो ।

भेरी अञ्चल अस्पतालमा डाक्टर प्रकाश थापा, भैरहवा युनिभर्सल मेडिकल कलेज भैरहवामा डाक्टर नविनजङ्ग रायमाझी, देवदह मेडिकल कलेजमा डाक्टर सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पामा डाक्टर दिपक भण्डारी र पाल्पा मिसन अस्पतालमा डाक्टर गजेन्द्र नेपालीलाई फाेकल चिकित्सककाे जिम्मेवारी दिइएकाे छ ।

त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर सदिक्षा योगी, पृथ्वीचन्द्र अस्पताल परासीमा डाक्टर पवन अग्रहरी, तौलिहवा अस्पतालमा डाक्टर गणेश क्षेत्री र नेपालगञ्ज मेडिकल कलेजमा डाक्टर सुन्दरजङ्ग शाहलाई फोकल चिकित्सकको रुपमा जिम्मेवारी दिइएको सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिनुभयो ।

भारतका विभिन्न ठाउँमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भारतसँग सीमा जोडिएका जिल्लाहरुमा अझै बढी सर्तकता अपनाउनु आवश्यक ठानेर तयारी बढाइएको मन्त्रालयको भनाइ छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालयलगायतले सभा, सम्मेलन र ठूला जमघट हुने कार्यक्रम नगर्न निदेशन जारी गरिसकेका छन् ।

भारतसँगको सीमा नाका भएर पनि सीमा नाकाहरुमा प्रयाप्त सर्तकता नअपनाइएको भन्दै प्रदेश सरकारको आलोचना भइरहेको छ ।  source:ujyaaloonline