हिम लेकाली फागुन २६ सन्धिखर्क एफएम अर्घाखाँची – पर्यटन प्रबर्द्धन बिभागकाे प्रथम बैठक विभागका संयाेजक पदम क्षेत्रीकाे अध्यक्षतामा सन्धिखर्ककाे मदन अाश्रीत स्मृति भवनमा सम्पन्न भएकाे छ ।
बैठकले पर्यटन प्रबर्द्धनका क्षेत्रमा जिल्लामा गर्नु पर्ने कामहरूकाे छलफल गरि विभिन्न निर्णयहरू गरेकाे छ । जिल्लामा रहेका पर्यटकीय स्थलकाे अध्ययन अवलाेकन भ्रमण गर्ने, त्यस सम्बन्धि जानकारहरू सँग सम्पर्क राखि अभिलेख संकलन गर्ने ,६ वटै स्थानीय तहमा पार्टी किमिटी संग सम्पर्क राखि सराेकारवालाहरू संगै बैठककाे अायाेजना गरि कार्ययाेजना बनाउने समेत बैठकले निर्णय गरेकाे छ ।
बैठकले सचिव पदकाे जिम्मेवारी समितिका सदस्य केशर रायमाझी लाई प्रदान गरेकाे छ । याे बिभागमा पार्टीले सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि १४ सदस्यीय बिभागकाे गठन गरेकाे सहसंयाेजक नारायण अर्यालले बताए ।
समितिका सदस्य माेहन पाैडेलकाे सञ्चालनमा सम्पन्न बैठककाे अातिथ्यता नेकपा जिल्ला पार्टी कार्यालय सदस्य राजेन्द्र भुसाल ,शालिकराम अाचार्य र भेष बहादुर केसिकाे रहेकाे थियाे ।
त्यसै गरि वन तथा वातावरण विभाग काे प्रथम बैठक पनि बिभागका संयाेजक रामचन्द्र पाेख्रेलकाे अध्यक्षतामा नेकपा पार्टी कार्यालयमा सम्पन्न भएको छ । नेकपा कार्यालय सदस्य एवं सन्धिखर्क नगर ईन्चार्ज राजेन्द्र भुसालकाे प्रमुख अातिथ्यतामा बसेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकाे छ । बैठकले जिल्लामा रहेकाे बन क्षेत्र लाई कसरी दिगाे ब्यबस्थापन गर्ने, वन क्षेत्रमा रहेका समस्याहरू लाई कसरी समाधान गर्ने लगायतका बिषयमा घनिभुत छलफल गरी अागामि कार्ययाेजना समेत बनायकाे छ ।
बैठकले बदलिदाे परिस्थितिमा वन एेन कानुन हरू फेरिएको बेला सबै नयाँ बिषय सँग जानकार हुनु पर्ने भएकोले एस बिषयमा प्रशिक्षण समेत चलाउने निर्णय गरेकाे छ । बैठकले सचिवकाे कार्यभार सम्हाल्न समितिका सदस्य मधुकुमार श्रेष्ठ लाई मनाेनित गरेकाे छ । बिभागकाे अर्काे बैठक अागामि चैत्र २२ गते शनिवार बस्ने बिभागका संयाेजकले जानकारि दिनु भएकाे छ ।
बैठकमा जिल्ला कमिटी सदस्य कमला भण्डारी भुसाल र माधव प्रसाद पन्थीकाे अातिथ्यता रहेकाे थियाे । सबै गाउँपालिका नगरपालिका काे प्रतिनिधित्व हुने गरि यस बिभागकाे संख्या १५ सदस्यीय रहेकाे छ ।