आज अन्तर्राष्ट्रिय नारी दिवस

फागुन २५, २०७६ काठमाडौं :  मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ।  सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ।   यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन्। १९१० मा महिलाहरूलाई मत हाल्ने अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय  मा्यता प्रदान गरिएको थियो।  संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुवरी १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो।

सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्र्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुवरी १९०९ का दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुवरीको अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रीय दिवसको मान्यता दियो १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरुलाई भोट दिने अधिकार दियो। अन्ततः ८ मार्च महिलालाई दिवसको रूपमा मनाइन थालियो। हरेक वर्ष यस दिनलाई महिला दिवसको रुपमा मनाउन थालिए पनि नेपालमा भने उनीहरुको अवस्थामा खासै परिवर्तन हुन सकेको पाईंदैन। यद्यपी महिला अधिकारका बारेमा पछिल्ला दिनहरुमा उठ्ने गरेका आवाज र स्वतन्त्रताका विषयमा भने सुधार आएको पाइन्छ। 

पहिलो पटकप नेपालमा त्रिभुवन राजा बनेको दिन यो दिवस मनाउन थालिएको हो। त्यही समयमा प्रधानमन्त्री चन्द्रशमशेर थिए, जसले कानून बनाएरै सती प्रथा उन्मूलन गरेका थिए। महिला दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा नै महिला हकहितको सुनिश्चितता गरिएको र अबका दिनमा आवधिक योजना तथा कार्यक्रममा समेत महिला सशक्तिकरण एवम् लैङ्गिक समानताका लागि प्राथमिकताका साथ लाग्न आग्रह गरेकी छन्।  उपराष्ट्रपति नन्दबहादुर पुनले अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै सबै नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै संविधान कार्यान्वयन लगायत राष्ट्रका कार्यभारहरु पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने कामना गरेका छन्। 

यस्तै नेपाली कांग्रेसका  सभपाति शेरबहादुर देउवाले अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको, गाउँशहरमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेका, महिलामाथि हुने विभेद र हिंसाकाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन्। 
source:thahakhabar.com

अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सपथ ग्रहण,कृषि क्रान्ति बिना विकास सम्भव छैन-भण्डारी

हिम लेकाली अर्घाखाँची फाल्गुण २४ –
अखिल नेपाल किसान महासंघ स्थाई कमिटी सदस्य सेसुराम भण्डारीले कृषि क्रान्ति बिना देश परिबर्तन हुन नसक्ने बताउनु भएको छ । अखिल नेपाल किसान महासंघ अर्घाखाँचीको सपथ ग्रहण तथा प्रथम बैठक कार्यक्रमको उद्घघाटन गर्दै उहाँले राजनीतिक परिवर्तन पश्चात अहिले किसानहरूकाे अवस्था फेरियकाे बताउनु भयो ।

उहाँले सरकारले किसानहरूलाई उन्नत बिउमल ,कृषि अाैजार तथा प्रबिधि हस्तान्तरण साथै न्यून ब्याजदरमा ऋण उपलब्ध गराई जागरिला कृषकहरूलाई प्राेत्साहन गरेकाे बताउनु भयाे । उहाँले अब राज्यले भुमिकाे बर्गिकरण गरेर जनताका समूह ,सहकारि संस्था लाई सामुहिक खेति प्रणालीमा अनुदान र लगानिमा विशेष जाेड दिनु पर्ने बताउनु भयाे ।

कार्यक्रममा मन्तव्य राख्दै महासंघ केन्द्रीय सचिवालय सदस्य ५ नं प्रदेश कमिटी ईन्चार्ज कमल श्रेष्ठले किसानहरूकाे बर्गिकरण गर्नु पर्ने र उत्पादनमा अाधारित अनुदान दिनु पर्ने बताउनु भयाे । नेपाल कम्युनिस्ट (नेकपा )जिल्ला सचिव ठाकुर कुमार बि .क.ले किसानका हरेक कार्यक्रम सफल पार्न जिल्ला पार्टी लाग्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

अर्का बक्ता महासंघ ५ नं.प्रदेश संयाेजक वुद्ध बस्नेतले किसानकाे हकहितकाे निम्ति सरकार का तिनैतहहरूले किसानहरूलाई सहयाेग गर्नुपर्ने बताउनुभयो ।

यसैगरि महासंघ केन्द्रीय सचिवालय सदस्य ५ नं. प्रदेश सह संयाेजक जालपा भुसालले नेपाल कृषि प्रधान देश भएकोले कृषि काे उत्पादन र विकास ले मात्रै समृद्धि मार्फत नेपाली जनताको मुहारमा खुसि ल्याउन सकिने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ५ नं. प्रदेश सदस्य ताेज बहादुरायमाझी( बिधान), यमुना भुसाल , महासंघ जिल्ला ईन्चार्ज सराेज भुसाल , प्रेस संगठन नेपालका जिल्ला संयाेजक हिम लेकाली लगायत ले मन्तव्य राख्नु भएको थियाे । किसान महासंघले किसानका बिषयगत समितिहरू निर्माण गरेकाे छ ।

निर्माण गरिएका १७ समितिका संयाेजक ,सह संयाेजक तथा सदस्यहरूलाई प्रमुख अतिथि बाट सपथ खुवानुका साथै महासंघकाे नीति सीद्धान्त र कार्यक्रम बारे प्रकाश पारियकाे थियाे । अखिल नेपाल किसान महासंघ जिल्ला संयोजक छन्द बहादुर क्षेत्री काे अध्यक्षता र केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज देवि बहादुर रायमाझी काे संचालनमा सम्पन्न कार्यक्रमकाे स्वागत महासंघ जिल्ला सह संयाेजक ढुण्डिराज ज्ञवालीले गर्नु भएको थियाे ।

नेकपा मालारानीको बैठक खनदहमा सम्पन्न

शोभाखर पन्थी सन्धिखर्क एफएम २४ फागुन – नेपाल कम्युनिस्ट पार्टी नेकपा मालारानी गाउँपालिका कमिटीले विभिन्न विभाग निर्माण गरेको छ । कमिटीको शनिवार खनदहमा सम्पन्न बैठकले स्कुल बिभाग प्रमुखमा सालिकराम आचार्य,संगठन बिभाग प्रखुख शिबलाल कुवर, स्थानीयतह परिचालन बिभाग प्रमुख किमबहादुर चौहान र प्रचार बिभाग प्रमुखमा लिलबहादुर पाण्डेलाई चयन गरेको छ ।

बैठकले सालिकराम आचार्य,शिबलाल कुवर र यमलाल खनाल रहेको ३ सदस्यीय कार्यालय तथा ३ जना पछि थप्ने गरि २५ सदस्यीय सचिवालयको समेत चयन गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य शुशिला श्रीपालीले पार्टी एकताले संसारभरीका श्रमजीवी वर्गमा उत्साह थपेको बताउँदै एकीकृत र बलियो पार्टी निर्माणको निम्ति पार्टीको तल्लो ईकाई सम्म एकताको भाव लैजानु पर्ने बताईन । प्रदेश कमिटीका सदस्य नरेन्द्र कुमार क्षेत्रीले जनभावना अनुसार कामगर्न कार्यकर्ता लाई आग्रह गरिन ।

नेकपाका नेताहरू पीताम्बर भुसाल, दलबहादुर भट्टराई, मानबहादुर पाण्डे र तिलक मिश्र मिश्रले वर्तमान सरकारले देश र जनताको पक्षमा धेरै राम्रो काम गरेको बताउदै सरकारले गरेकाकाम जनस्तरमा लैजान आग्रह गरे । पालिका कमिटीका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचीव शिवलाल कुवरको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला कमिटीका सदस्यहरू बिष्णु मिश्र, पुतला खनाल,दीपा पोखरेल , नारायण अर्याल, मुनाल खड्का,बसन्त खड्का,देवबहादुर खड्का लगायतका बक्ताहरुले समेत मन्तव्य राखे ।