कोरोना विरूद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउने चीनको दाबी

फागुन २४, २०७६ चीनले कोरोना (कोभिड १९) भाइरसविरुद्धको खोप आउँदो महिनादेखि नै चिकित्सकीय प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ।  वैज्ञानिकहरुले पाँचवटा विधिबाट अहिले खोपसम्बन्धी सामग्रीहरु विकास गरिरहेको र यसको प्रभावकारिता तथा सुरक्षाका लागि जनावरहरुमा प्रयोग गर्न लागिएको जानकारी दिएका छन्।

कोरोनाबाट संक्रमितहरुको संख्या विश्वभर एक लाख पुगिरहँदा चीनले यो जिवाणु प्रतिरोधी खोप सार्वजनिक गर्न लागेको हो।  चीनको प्राविधिक विकास तथा अनुसन्धान केन्द्रका निर्देशक झेङ झोङ्गुइले भनेका छन्, मुलुकको सवै नियम र कानूनी प्रावधानहरु पुरा गर्दै आउँदो अप्रिल महिनादेखि कोरोनाविरुद्धको खोप चिकित्सकीय र आपत्तकालिन प्रयोजनमा ल्याउन सकिने सम्भावना बढेको छ। देशका वैज्ञानिकहरुले अहिले पाँचवटा विधिबाट कोरोनाविरुद्धको खोप बनाइरहेको चीनियाँ अधिकारीहरुले दाबी गरेका छन्। 

कोरोना निरोधक खोप विकास जुटिरहेका चिनियाँ वैज्ञानिकहरू ।

चीनको राष्ट्रिय स्वास्थ्य विभागले पनि आउँदो महिना नै कोरोनाविरुद्धको पहिलो भ्याक्सिन प्रयोगमा आउने अपेक्षा गरेको छ।  कोरोना निरोधक खोप विकास जुटिरहेका चिनियाँ वैज्ञानिकहरू । चीनको उहान शहरमा सन् २०१९ को अन्त्यतिरबाट कोरोना संक्रमण फैलिएको थियो। सो लगत्तै चीनियाँ वैज्ञानिकहरुले विभिन्न अनुसन्धान थालेका थिए। दर्जनभन्दा बढी कम्पनीको अनुसन्धानमाथि मूल्यांकन गर्दै चीन सरकारले विभिन्न आठवटा कम्पनीहरुलाई कोरोना विरुद्धको पहिलो भ्याक्सिन एकैसाथ र पाँचवटा फरक विधिबाट बनाउन स्वीकृति दिएको थियो। 

कोरोना संक्रमणका कारण अहिलेसम्म विश्वभर साढे तीन हजार मानिसको ज्यान गइसकेको छ भने संक्रमितहरुको संख्या एक लाख नाघेको छ। चीनसहित विश्वका ७० देशमा कोरोना संक्रमितहरु भेटिएका छन्।
source:thahakhabar.com

कोरोना पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको – बारम्बार साबुनपानीले हात धुँदा सङ्क्रमण हुनबाट बच्न सकिने !

कोरोना भाइरस पुष्टि भएका ५६ हजारभन्दा धेरै मानिस उपचार पछि निको भएका छन् ।

अहिलेसम्म १ लाख १ हजार ९ सय ५४ जनालाई कोरोना संक्रमण भएकोमा ५६ हजार १ सय २३ जना उपचारपछि घर फर्किएका छन् भने ३ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । ४२ हजार ३ सय ६५ जना अझै पनि सङ्क्रमित छन् । उनीहरुमध्ये ३५ हजार ९ सय ६४ अर्थात हल्का अवस्थामा रहेकाले ६ हजार ४ सय १ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म ९७ देशसहित जापानको योकोहामा रहेको डायमण्ड प्रिन्सेस क्रुजमा कोरोना संक्रमित भेटिएका छन् । गएको २४ घण्टामा थप ७९ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा इटालीमा थप १ सय ७ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या २ सय नाघेको छ । बारम्बार साबुनपानीले हात धुने, खोक्दा र हाच्छँयू गर्दा रुमाल अथवा कपडाले नाकमुख छोप्ने र अनावश्यक रुपमा नाक, आँखा र मुख नछुने र छुनै परे साबुनपानीले हात धोएर मात्र छुने गर्दा पनि संभावित जोखिमबाट बच्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।  source:ujyaaloonline

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्बन्धि संपूर्ण औपचारिक कार्यक्रम स्थगित

शोभाखर पन्थी फागुन २४ अर्घाखाँची – अर्घाखाँची जिल्लामा कृयासिल राजनीतिक दल निकटका महिला संगठनहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्बन्धि संपूर्ण औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन् । कोरोना भाईरस संक्रमणका कारण विश्व आतंकित भएको र नेपाल सरकारले पनि मानिस जमघट हुने कुनै पनि औपचारीक कार्यक्रम नगर्न आग्रह गरेको ले ११० औ अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धि संपूर्ण औपचारीक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।

राजनितीदल निकट मुल समारोह आयोजक समितिका संयोजक कमला भण्डारी भुसाल र सहसंयोजक शान्ता भण्डारी द्वारा जारी वक्तव्यमा संपूर्ण औपचारीक कार्यक्रम स्थगित गरिएको जनाएको छ । साथै बक्तव्यमा महिला हकहित र अधिकारको निम्ति सदैव संघर्षरत रहने बताउँदै राज्यका हरेक निकायमा जनसंख्याको आधारमा महिला सहभागीताको सुनिश्चितता गर्नुपर्ने बताईएको छ । साथै महिला नेतृत्वहरु द्वारा जारी बक्तव्यमा लैङ्गिक विभेद,सामाजिक कुसंस्कार र सामन्तवादी सोंच बाट माथि उठ्न समेत आग्रह गरिएको छ ।

छत्रदेवको भगवतीमा गर्भवती पोषण कार्यक्रमको सुरुवात

सन्धिखर्क एफएम फागुन २४ अर्घाखाँची । मानिसको सबैभन्दा महत्वपुर्ण क्षेत्र रहेको स्वास्थ्य क्षेत्रलाई ध्यान दिदै अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं। ७ भगवतीमा गर्भवती पोषण कार्यक्रमको प्याकेज कार्यक्रमको सुरुवात गरेको छ

महिला तथा २ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रम अन्र्तगत लुम्बिनी सामाजिक विकास केन्द्र अर्घाखाँचीको सहजीकरण र छत्रदेव ७ वडाको आयोजनामा गर्भवती पोषण प्याकेज कार्यक्रम अन्र्तगत गर्भवती महिलाहरुका लागी पोषणयुक्त सामाग्री वितरण गरिएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दे छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले महिलाहरुका लागी कार्यक्रम महत्वपुर्ण रहेको बताईन । उनले गाउँपालिकाले यस कार्यक्रमलाई प्याकेजको रुपमा आगामी वर्ष अगाडी बढाउँने बताईन ।

मुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले मानिसको व्यवहार परिवर्तन गर्नु पनि विकास भएको बताए । पुर्वाधार निमार्णका कार्य सँगै सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको बताए ।

कार्यक्रममा छत्रदेव स्वास्थ्य इन्चार्ज वुद्धि न्यौपाने, वडा सदस्इ मणिराम पाण्डे, लुम्बिनी सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण पौडेल, काँग्रेसका क्षेत्रिय उपसभापति कृष्ण बेल्वासे, नेकपाका प्रतिनिधी झविलाल पाण्डे, महिला स्वास्थ्य स्वयमसेविका राधा पाण्डे, पत्रकार घनश्याम पौडेल लगाएतले मन्तव्य राखेका थिए ।

भगवतीले विनियोजन गरेको एक लाख ५० हजारमा कार्यक्रमको सुरुवात भएको हो । पहिलो चरण, दोस्रो, तेस्रो र चौथौ चरण ग्रर्भ जाचँ गराएकालाई पोषणयुक्त सामाग्री प्रदान गरिनेछ । कार्यक्रम वडा अध्यक्ष शोभाखर पाण्डेको अध्यक्षता, स्वास्थ्य चौकी इन्जार्च कमलप्रसाद श्रेष्ठको स्वागत र कृष्ण पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।