चालक र सहचालकलाई सडक सुरक्षा सम्वन्धि प्रशिक्षण

Image may contain: 2 people, people sitting and indoor
Image may contain: 1 person, indoor


श्याम घिमिरे
फागुन २३ अर्घाखाँची –
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भौतिक पुर्बधार तथा यातायात मन्त्रालय सडक तथा ट्राफिक सुरक्षा आयोजनावाट देउराली यातायात अर्घाखाँची प्रा.लि. को गुन्टेखोलाको भवनमा चालक र सहचालकलाई सडक सुरक्षा सम्वन्धि १ दिने प्रशिक्षण कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।

Image may contain: 3 people, people sitting and indoor

देउराली यातायात अर्घाखाँची प्रा.लि. का अध्यक्ष योगेन्द्र वहादुर खड्काको अध्यक्षता र प्रा.लि. का सदस्य सचिव प्रेम प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय सडक सुरक्षा तथा ट्राफिक सुरक्षा विज्ञ निरज धौवडेल ,सरोज खनाल ,जिल्ला ट्राफिक प्रमुख खेमानन्द काफ्ले लगायतले सडक सुरक्षा सम्वन्धि प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमा विभिन्न यातायात संघसंस्थाका भण्डै १३० जना चालक र सहचालकले सहभागिता जनाएका थिए ।

Image may contain: 2 people, people sitting and indoor
Image may contain: one or more people and indoor
Advertisement