निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बनभोज कार्यक्रम स्थगित


श्याम घिमिरे फागुन २२ सन्धिखर्क –
निबृत्त राष्ट्रसेबक समाज नेपाल अर्घाखाँचीको बैठक आज सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले यही फागुन २४ गते समाजद्धारा सन्धिखर्कमा आयोजन गर्ने भनिएको बनभोज कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको जनाएको छ । बिश्वभर फैलनसक्ने सम्भाबना रहेको कोरोना भाईरसबाट बच्न र बचाउने अभिप्रायले हाललाई बनभोज कार्यक्रम स्थगित गरीएको निबृत राष्ट्रसेबक समाज अर्घाखाँचीले जानकारी दिएको छ ।

अर्घा ग्यालेक्सी ईङ्लिस बोर्डीङ्ग स्कुलको साप्ताहिक खेलकुद तथा बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

श्याम घिमिरे फागुन २२ अर्घाखाँची –
अर्घा ग्यालेक्सीको सान, गुणस्तरीय शिक्षा हाम्रो अभियान, भन्ने नारा सहीत स्थापित सन्धिखर्क नगरपालीका १० बिहारमा अबस्थीत अर्घा ग्यालेक्सी ईङ्लिस बोर्डीङ्ग स्कुलले आज एक कार्यक्रमका बिच साप्ताहिक खेलकुद तथा बार्षिक पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मनतब्य राख्दै सन्धिखर्क नगरपालीका शिक्षा शाखा प्रमुख उपसचिब युगल नारायण बस्येलले भोली देशलाई चाहीने नेतृत्व अहिलेका बिद्यार्थीहरुको काँधमा रहेको भन्दै समय सापेक्ष शिक्षा बिना देश बिकास गर्न नसकीने बताउनु भयो । शिक्षालाई प्रभाबकारी बनाउन शिक्षक अभिभाबक र बिद्यार्थीको त्रिपक्षय सम्बन्ध बलीयो हुनुपर्ने बताउदै बस्येलले शिक्षा बिना देशको समृद्धि हुन नसक्ने कुरामा जोड समेत दिनुभयो ।


प्याबसन केन्द्रीय सदस्य श्रीकृष्ण भुसालले निजि क्षेत्रबाट सञ्चालनमा रहेका बिद्यालयहरुलाई राज्यले उपेक्षा गरेको भन्दै आगामी दिनमा राज्यले निजि क्षेत्रलाई समेत संगसंगै लैजानुपर्ने बताउनु भयो ।
सन्धिखर्क १० का वडाअध्यक्ष लक्ष्मीनारायण चँुदालीले शिक्षा क्षेत्रको समग्र बिकासको लागी वडाबाट हुनसक्ने जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको बताउनु भयो ।


बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुबदार भिमबहादुर कुवँरको अध्यक्षता, सहायक प्रिन्सिपल मोहन भुसालको स्वागत मनतब्य र प्रिन्सिपल पबन मरासीनिको सञ्चालनमा सम्पन्न कार्यक्रमा पत्रकार श्याम घिमिरे,बिद्यार्थी स्नेहा भुसाल लगायतले मनतब्य राख्दै बिद्यालयको शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा गतबर्ष बिभिन्न कक्षामा प्रथम,द्धतिय र तृतिय स्थान हासीलगर्ने बिद्यार्थी र बिद्यालयमा गरीएका बिभिन्न खेलकुद बिदामा बिजेताहुने बिद्यार्थी अभिभाबक र शिक्षकहरुलाई मेडल र प्रमाणपत्रले सम्मान गरीएको थियो ।


नर्सरी देखी कक्षा ६ सम्म सञ्चालनमा रहेको बिद्यालयमा हाल करीब तिन सय जना बिद्यार्थीहरुले अध्ययन गरीरहेका छन । पछील्लो समय बिद्यालयले बिद्यार्थीको सुबिधाकोलागी स्कुल बसको समेत ब्यबस्था गरेको प्रिन्सिपल पबन मरासीनिले जानकारी दिनुभयो ।

‘रुघाखाेकी, ज्वराे आउनेबित्तिकै नआत्तिन र घरमै सुरक्षित बस्न सुझाव

 फागुन २२, २०७६ बिहिबार काठमाण्डाै – रुघाखोकी लागे र ज्वरो आए सकेसम्म घरमै सुरक्षित तरिकाले बस्न डाक्टरले आग्रह गरेका छन् ।

अहिले मौसमी फ्लु पनि लाग्ने बेला भएकाले सबै रुघाखोकी कोरोना भाइरस नहुने डाक्टरले बताएका छन् । तर सतर्कता भने अपनाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बाँस्तोलाले बताउनुभयो ।

यस्तै विशेषगरी कोरोना प्रभावित देशबाट आएका नागरिकलाई कम्तीमा १४ दिन घरमै सुरक्षित तरिकाले बस्न उहाँले आग्रह गर्नुभएको छ । उनीहरुले घरमै सकेसम्म अरुसँग घुलमिल नगर्ने, भिडभाडमा नजाने, ज्वरो तथा रुघाखोकी लागे परीक्षणका लागि अस्पताल जानुपर्ने उहाँले बताउनुभयो ।

कोरोनाको सङ्क्रमण १४ दिनभित्र देखिने भएकाले प्रभावित देशबाट आएका व्यक्तिले कम्तीमा १४ दिन सुरक्षित तरिकाले बस्नुपर्ने डाक्टर बाँस्तोलाकाे सुझाव छ । कोरोना भाइरस सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले भिडभाडमा नजान तथा हात नमिलाउन, केही सामान छोइसकेपछि साबुनपानीले राम्ररी हात धुन तथा जतिबेला पनि नाक, मुख र आँखामा नछुन पनि डाक्टरले सुझाव दिएका छन् ।

साबुनपानी नभएको अवस्थामा स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । खोक्दा र हाच्छयुँ गर्दा निस्कने थुक र र्‍यालले अर्को व्यक्तिमा सङ्क्रमण सर्ने भएकाले रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले अनिवार्य मास्क लगाउनुपर्ने डाक्टर बाँस्तोलाले बताउनुभयो । सङ्क्रमित व्यक्तिले परिवारका सदस्यसँगको दुरी बढाउने, बोल्दा अलि परै बस्ने गर्नाले पनि सङ्क्रमण फैलनबाट जोगिन सकिनेछ ।

उहाँका अनुसार उच्च ज्वरो आउनु, खोकी लाग्नु तर खकार नआउनु, सास फेर्न गाह्रो हुनु, मासु दुख्नु, थकान धेरै महसुस हुनु कोरोनाका लक्षण हुन् । यस्तै एक्कासी ज्वरो आउनु, टाउको दुख्नु, माशंपेसी दुख्नु, सुख्खा खोकी लाग्नु मौसमी फ्लु हो । मौसमी फ्लुसँग लक्षण मिल्दोजुल्दो भए पनि कोरोना सङ्क्रमितलाई टाउको दुख्दैन । यी लक्षण देखिए तातो झोलिलो खानेकुरा खाएर आराम गर्ने सँगसँगै डाक्टरको सुझाव पनि लिनुपर्ने डाक्टर बाँस्तोलाको भनाइ छ ।

अहिलेसम्म कुनै पनि लक्षण नदेखिइकन नै एक प्रतिशतलाई कोरोना भएको पाइएको छ । यस्तै ८१ प्रतिशतमा सामान्य खोकी लागेको र १८ प्रतिशतमा निमोनिया भएर सास फेर्न गाह्रो हुने गरेको पाइएको छ ।source:ujyaaloonline.com

अहिलेसम्म कोरोना प्रभावित देशबाट आएका २७ जनालाई आइसोलेशनमा राखिएकोमा २३ जनामा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । अहिले आइसोलेशनमा रहेका चार जनामध्ये एक जनामा मौसमी फ्लु भएको पुष्टि भएकाले बिहीबार घर पठाउने तयारी छ । त्यस्तै अन्य तीन जनाको पनि स्वास्थ्य स्थिति राम्रो रहेको र उनीहरुको रिपोर्ट पनि बिहीबार आउने टेकु अस्पतालले जनाएको छ । 

कोरोनाका कारण अमेरिकामा ज्यान गुमाउनेकाे सङ्ख्या ११ पुग्याे, क्यालिफोर्नियामा आपत्काल घाेषणा

फागुन २२, २०७६ बिहिबार काठमाण्डौ – कोभिड–१९ का कारण अमेरिकाकाे क्यालिफाेर्नियामा पहिलाे व्यक्तिकाे ज्यान गएपछि राज्यले आपत्काल घोषणा गरेकाे छ ।

क्यालिफोर्नियाको राजधानी साक्रामेन्ट नजिकको अस्पतालमा ७१ वर्षीय पुरुषको ज्यान गएपछि अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।  

ज्यान गुमाउने व्यक्ति जापानको समुद्री तटमा रहेको डायमण्ड प्रिन्सेस क्रुज शिपमा रहेको बताइएको छ । जहाजमा यात्रा गरिरहेका केही व्यक्तिमा कोरोनाको सङ्क्रमण पाइएपछि जहाजलाई नै क्वारेन्टाइनमा राखिएको थियो । 

अमेरिकी राष्ट्रपति निवास तथा मुख्य कार्यालय ह्वाइट हाउसले कोरोनाको सङ्क्रमण बढ्दै गएपछि बुधबार देशव्यापी रुपमा नै परीक्षणलाई तीव्रता दिने बताएको छ । 

अमेरिकाको १६ राज्यमा कम्तीमा एक सय ५० जनामा कोरोनाको सङ्क्रमण देखिएको अधिकारीहरुले जनाएका छन् । 

विश्वभरि ९० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ८४ देशमा फैलिसकेको कोरोनाका कारण तीन हजार दुई सयभन्दा बढीको ज्यान गइसकेको छ । 

चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गए पनि चीनबाहिर भने यसको सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेकाे छ । source:ujyaaloonline

पहिलोपटक धातिवाङ्गको पधेरा-दहकाचाैरमा माईक्रोबस उद्वघाटन

घनश्याम पाैडेल फागुन २१ – अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिका वडा नं. ६, धातिवाङ्गमा पधेरा हुँदै दहकाचाैरसम्मकाे माेटरबाटाे उद्वघाटन गरिएकाे छ । वडा सदस्य पुनाराम पाैडेलले रिवन काटेर माेटरबाटाकाे उद्वघाटन गर्नुभएकाे हाे । उद्वघाटनमा समाजसेवी मणिराम पाैडेल, वडा सदस्य खगिश्वर पाैडेल, तारा दर्जि, काँग्रेस सभापति शाेभाखर पाैडेल, वडा सचिव गिता वाग्ले लगाएत स्थानीयकाे उपस्थिति रहेकाे थियाे ।


लु २ ज ५३२ नम्बरकाे माईक्राे बस, लु १ ज १९५८, लु १ ज १५०३ नम्बरकाे जिपबाट उद्वघाटन भएकाे हाे ।माेटरबाटाे उपभोक्ता समितिका अध्यक्ष ठाकुर पाैडेलले वडाबाट चालू अावका लागि ३ लाख ५० हजार बजेट विनियोजन भएकाेमा काम गरेकाे बताए   । पहिलोपटक धातिवाङ्गमा माईक्रोबसबाट बाटाकाे उद्वघाटन गरिए हो ।