कैलाली र कञ्चनपुरमा आज र भोलि थरुहटको आमहडताल

फागुन २०, २०७६ कञ्चनपुर : थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूले राखेका मागको सरकारले बेवास्ता गरेका भन्दै दुई दिने हडताल घोषणा गरेको छ। सरकारसँग राखेका १४ बुँदे माग पूरा नगरिएको मोर्चाले फागुन २० र २१ मा कैलाली र कञ्चनपुरमा आम हडतालको घोषणा गरेको हो। संघर्षका विभिन्न कार्यक्रम गर्दै आए पनि सरकारले माग पूरा नगरेपछि दोस्रो चरणको कार्यक्रमअन्तर्गत आमहडताल घोषणा गरिएको मोर्चाले जनाएको छ।

पुस २२ गते नेपाल सरकारसँग १४ बुँदे माग राखी पुस मसान्तसम्मको अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा पनि मागप्रति सरकार संवेदनशील र सकारात्मक हुन नसकेकाले आमहडतालको घोषणा गर्नु परेको मोर्चाको केन्द्रीय संयोजन समितिका महासचिव तुुलसी थारुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आमहडतालका क्रममा कलकारखाना,उद्योगधन्दा, व्यापार व्यवसाय, शिक्षण संस्था, सवारीसाधान, ढुवानीका साधन पूर्णरुपमा बन्द रहने जनाइएको छ। तर, अत्यावश्यक सवारीसाधनहरु दमकल, एम्बुलेन्स, शववहान, सुरक्षा निकायका सवारी साधन, दुध बोक्ने वहान, औषधि बोक्ने वहान, रेडक्रस, मानवअधिकारकर्मी, पत्रकार, पर्यटक र कूटनीतिक नियोगका सावारी साधान निर्वाध रुपमा सञ्चालन हुन पाउने मोर्चाले जनाएको छ।
source:thahakhabar.com

देशभरको मौसम : पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा

फागुन २०, २०७६ काठमाडौं : आज पनि मध्य तथा पूर्वी पहाडी भू–भागका थोरै स्थानहरुमा र  पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएको छ।  जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकाअनुसार स्थानीय वायुका कारण अन्य पहाडी भेगको मौसम आंशिक देखि सामान्य बदली रहनेछ। तराईका भूभागको मौसम भने सामान्यतय सफा रहने महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। अहिले बिहान पनि देशैभरको मौसम समान्यतया सफा रहेको छ। 

आज राति देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। तराईका भूभागमा मौसम सामान्यतय सफा रहेपनि मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। यसैबिच आज बिहान काठमाडौं उपत्यकाको न्यनतम तापक्रम ७ दशमलब २ डिग्री मापन भएको छ। दिउँसो बढेर २४ डिग्री सेल्सियस सम्म पुग्न सक्ने अनुमान गरिएको छ। 

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड २६ दिन आंशिकरुपमा बन्द हुने ।

No photo description available.

श्याम घिमिरे
फागुन २०,अर्घाखाँची

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड फागुन २१ गते देखि २६ दिन बन्द हुने भएको छ । सो सडकखण्ड अन्र्तरगत घुम्ती देखि भुवनपाटा सम्मको साघुरा मोडहरु फराकिलो गराउने,ढलान गर्ने र सडक बिस्तार गर्ने योजना अनुरुप फागुन २१ गते देखी चैत्र १६ गते सम्म बिहान ७ बजे देखि १२ बजे सम्म र दिउँसो २ बजे देखि साँझ ६ बजे सम्म लगातार कम्तिमा २६ दिन सम्म आंशिक रुपमा सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ । साना सवारी साधनहरूलाई भने बैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरीएको छ ।

सोमबार सदरमुकाम सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको यातायात ब्यवसायी र सरोकारवाला पक्षहरुसंगको छलफलले सडक निर्माणको लागि भन्दै बाटो बन्द गर्ने निर्णय गरेको हो । साँघुरो सडक र धेरै घुम्ती भएको कारण बर्षेनि धनजनको क्षती भएको र सयौं जना घाईते भएको जनाउदै बढ्दो दुर्घटना न्युनिकरणको लागि सडक बन्दगरी चौडा गर्न लागीएको प्रजिअ पौडेलले बताउनु भयो । घुम्ती देखि भुवनपाटा सम्मको सडकखण्डमा साघुरा मोड र एक तर्फी बाटो भएका कारण पछिल्लो समय उक्त क्षेत्रमा सवारी साधन दुर्घटना बढेको छ।