अर्घाखाँची जिल्ला अदालतको नबनिर्मित भबन उद्घाटन,मेलमिलापनै सबैभन्दा उत्तम उपाय भएको न्यायाधिस कार्किको भनाई (तस्बिर सहित)

Image may contain: 2 people, people standing, plant and indoor


श्याम घिमिरे
फागुन १८ अर्घाखाँची-
सर्बाेच्च अदालतका बरिष्ठ न्यायाधीस हरिकृष्ण कार्कीले अदालतको काम फैसला गर्ने मात्र नभएको बताएका छन । फैसला गरेर एक पक्षको जित र अर्को पक्षको हार हुने भएको भन्दै कार्कीले मानिसलाई झगडा बढाउने भन्दा पनि मेलमिलापकर्ताबाट मुद्दाको मिलाप गराउन अदालत लागि परेको बताएका हुन । अर्घाखाँची जिल्ला अदालत सन्धिखर्कको सुविधा सम्पन्न नवनिर्मित तीन तले भवनको आईतबार उद्घाटन गर्दे कार्कीले यस्तो बताएका हुन ।

Image may contain: 3 people

अदालतमा आउने विवादहरु राजनितिक र व्यक्तिगत प्रकृतिका हुने भएको बताउदै कार्कीले अदालतमा आउने सेबाग्राहीलाई गरीने व्यवहारले न्यायको पहीलो अनुभुति दिलाउने बताए । कार्कीले अदालतको भौतिक परीवर्तन संगै बैचारकि परीवर्तन हुनुपर्नेमा जोड दिए । उनले न्याय लिन आउने सेवाग्राहीलाई हित हुने गरीे अपांगमैत्री तथा स्तनपान कक्ष समेत रहने गरी भवन निर्माण गरेको बताए ।

Image may contain: 3 people, people standing


उच्च अदालत दाङ तुल्सीपुरका मुख्यन्यायाधिस रमेश पोख्रेलको अध्यक्षता र अर्घाखाँची जिल्ला अदालतका श्रेतेदार महेश खनालको सञ्चालनमा सम्पन्न समारोहमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा, उच्च अदालत तुल्सीपुर बुटबल ईजलासका न्यायाधिस बाबुराम रेग्मी,सर्बोच्च अदालतका रजिष्टार नारायण प्रसाद पन्थी,जिल्ला न्यायाधीस वासुदेव न्यौपाने, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल,अर्घाखाँची जिल्ला बारका का.बा अध्यक्ष बिजयकुमार खत्री,पत्रकार महासंघका अध्यक्ष हिम जिसी लेकाली, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

Image may contain: text

चार करोड आठ लाखको लागतमा निर्माण भएको सुबिधा सम्पन्न तीन तले भवनमा वैतनिक वकिलकक्ष, स्तनपान कक्ष, काउन्टर सहितको मुद्दा शाखा, मेलमिलाप केन्द्र, बाल इजलास, बालमैत्री कक्ष लगायतका कक्षहरु रहेका छन् । द्धन्द्ध कालमा माओवादी आक्रमणमा परी अदालत रहेको भवन क्षती भएको थियो ।

Image may contain: 5 people, including Chet Narayan Acharya
Image may contain: 11 people, including Bal Bahadur Ranabhat, Khim Rana and Lokendra Lamsal, crowd and outdoor
Image may contain: 4 people, indoor
Image may contain: 18 people, including Hari Ghimire, Thakur Kumar BK, Ashok Chhetri Resham, Kushal Bhusal, Prakash Bista, Laxman Parajuli and Narayan Prasad Khanal, people smiling
Image may contain: 4 people, people smiling, indoor
Image may contain: 3 people
Image may contain: one or more people, sky, house, tree and outdoor
Image may contain: 5 people, including Shiva Pandey, people sitting and indoor
Image may contain: 5 people, including Padam B Kc, people sitting
Image may contain: 9 people, including Tekraj Gaire and Bijayaraj Poudel, people sitting
Image may contain: 7 people, including Sahayogi Bc, people standing
Advertisement

यी हुन् प्रचण्डलाई जुत्ता हान्ने युवा

१८ फागुन २०७६काठमाडौं : नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गर्ने युवाको पहिचान भएको छ । जुम्ला घर भएका २२ वर्षीय रनत तिरुवाले प्रचण्डलाई  जुत्ता हानेको काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।  एसएसपी सुवेदीका अनुसार उनी हाल काठमाडौंको डल्लुमा बस्दै आएको र लोकसेवा आयोगको परीक्षाका लागि तयारी गरिरहेका थिए । 

आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । भरत मोहन अधिकारी फउन्डेशन नेपालको कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने रतनलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएएको थियो । उनलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जानकारी दिएको छ। source:annapurnapost

सभागृहमा नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

फागुन १८, काठमाण्डौ – नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय सभागृहमा जुत्ता प्रहार भएको छ । आइतबार दिउँसो प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रहार गरेको जुत्ता प्रचण्डलाई भने लागेकाे थिएन । 

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारी प्रथम स्मृति सभामा सहभागी हुनुभएका दाहालमाथि सभामा सम्बाेधन गरेर आसनमा फर्कने क्रममा जुत्ता प्रहार गरिएकाे हाे ।

प्रहरीले जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जुत्ता प्रहार गर्ने युवक जुम्ला जिल्लाकाे सिञ्जाका रतन तिरुवा रहेकाे प्रहरीले जनाएको छ ।source:ujyaaloonline