१७ फाल्गुन २०७६, काठमाडौं । हाम्रो मातृभूमि आर्घाखाँचीमा हुने हरेक दुःख र सुखमा सहकार्य गर्नु हाम्रो कर्तब्य हो भन्ने भावनालाई आत्मसाथ गर्दै अर्घाखाँची समाज जापान ले अर्घाखाँची जिल्ला मालारानी गाउंपालिका वडा नं. ९ गोखुंङ्गा की व्लड क्यान्सर पिडित मिना पन्थी बचाउका लागि संकलित रकम रु एकलाख सत्तेरी हजार मिना पन्थी उपाचार्थ हस्पिटल काठमाडौं को बानेश्वरमा रहेको सिभिल हस्पिटल मा पुगेर हस्तान्तरण गरिएको
हस्तान्तरणमा अर्घाखाँची समाज जापानका सल्लाहकार दिपक थापा, कान्छा अभियान्ता केपि खनाल, समाजिक अभियान्ता तथा युवा समाजसेवी सचिन पाण्डे, अर्जुन पोखेरेलको उपस्थितमा हस्तान्तरण गरिएको छ।१८बर्षिय मिना चार महिना देखि उपचार्थ हुनुहुन्छ ।
बोनम्यारो टासप्लान गर्नु पर्ने भएपनि पारीबारीक स्थिति दयानिय भएकोले उपचार मा समस्या भईरहेको पिडितका बुबा बताउनुहुन्छ।बृद्ध बुबाले आफ्नी छोरी बचाईदिन सबै लाई अनुरोध समेत गर्नु भएको छ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अभियान्ता सचिन पाण्डेले सबै सहयोगी मनले स्वच्छ मनले ती पिडितलाई आफू सक्दो सहयोग गरिदिन र तमाम पिडित का साथमा आफू सधैं रहेको र सधैं पिडितका कहानी उठान गरि ओझेलमा परेका पिडितलाइ सक्दो सहयोग जुटाई बचाउने बताए।
साथै अर्घाखाँची समाज जापानका सल्लाह कार दिपक थापाले पिडित बैनीलाइ अर्घाखाँची समाज जापान निरन्तर तपाईंको बचाउमा साथदिने भन्दै सान्त्वना समेत दिए ।
अर्घाखाँची समाज जापानले विभिन्न ठाउका पिडितहरुलाइ अभियान्ता सचिन पाण्डेको हातबाट सहयोग गर्दै आईरहेको छ। source:hindukhabar.com