सन्धिखर्क एफएम
फागुन ११ अर्घाखाँची –
अखिल छैठौं पाणिनी बहुमुखी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली निर्वाचित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको पर्यटकीय स्थल लदाम बगैंचामा सम्पन्न प्रशिक्षण भेलाले अध्यक्ष नेपालीको नेतृत्वमा १३ सदस्यिय क्याम्पस मुल इकाई समितिको सर्वसहमत गठन गरेको हो ।
प्रगतिशील बनभोज सहितको भेलाबाट गठित समितिको उपाध्यक्षमा सुनिता भुसाल,सचीव अजय भुसाल,सहसचीव नवीन घिमिरे र कोषाध्यक्षमा मनिषा गैरे चयन हुनुभएको छ । अखिल छैठौंका जिल्ला अध्यक्ष पुरन नेपालीको अध्यक्षता,अजय भुसालको स्वागत मन्तव्य र जिल्ला सहसचीव राजेश भुसालको संचालनमा सम्पन्न भेलामा अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुवर,केन्द्रिय सचीव गोपाल प्रसाद भट्टराई,अखिल नेपाल किसान महासंघका केन्द्रिय अध्यक्ष भैरवराज रेग्मी,राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन के.सी. र राजमो नेता कृष्ण के.सी. लगायतले प्रशिक्षण दिनुभएको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।
कार्यक्रममा प्रशिक्षण दिने वक्ताहरूले मुलुकको राजनीतिलाई सहि ट्रयाकमा ल्याउने अबको जिम्मा युवा विद्यार्थीमा आएकोले सबै विद्यार्थी गोलबन्द हुनुपर्ने बताउनुभएको हो । उहाँहरुले मुलुकका सबै क्षेत्रमा विकृती बढ्दै गएको ठहर गर्दै यसलाई सुधार गर्नको निम्ति नागरिक सचेतनाको खाचो रहेको समेत औंल्याउनु भएको थियो ।
अखिल छैठौंका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताको उल्लेख्यनिय सहभागितामा सम्पन्न कार्यक्रममा प्रगतिशील पत्रकार संघका केन्द्रिय सदस्य श्याम प्रसाद घिमिरे,जिल्ला अध्यक्ष जितेन्द्र खत्री,अखिल नेपाल युवक संघका जिल्ला सचीव ठाकुर पन्थी,हिमाल बन्जाडे,शिव वेल्वासे,अनेम संघ प्रतिनिधि सरस्वता नेपाली लगायतको आतिथ्यता रहेको अखिल छैठौंका जिल्ला उपाध्यक्ष आकाश भाटले जानकारी दिनुभएको छ ।