सन्धिखर्क एफएम फागुन ८ अर्घाखाँची – प्रजातन्त्र दिवसको अबसरमा आयोजना गरिएको भलिवल प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गरेका राष्ट्र सेबक कर्मचारीहरुको खेलाडी टिमलाई बुधबार कर्मचारी मिलन केन्द्रले सम्मान गरेको छ । सन्धिखर्कमा एक औपचारिक कार्यक्रम गरि केन्द्रले खेलाडिहरुलाई सम्मान सहित मेडल प्रदान गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसाल र सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालको आतिथ्यता रहेको थियो ।
प्रजातन्त्र दिवसको पुर्वसन्ध्यामा मंगलवार आयोजना गरिएको प्रतियोगितामा राजनितिक दलको टिमलाई पराजित गर्दै कर्मचारी मिलन केन्द्रको टिमले प्रथम स्थान हाँसिल गरेको थियो । कार्यक्रम मिलन केन्द्रका अध्यक्ष खिम रानाको अध्यक्षता र उपाध्यक्ष बिक्रम थापाको संचालनमा सम्पन्न भएको हो ।