
श्याम घिमिरे
सन्धिखर्क एफएम फागुन ६ अर्घाखाँची-
७० औं प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम सन्धिखर्कमा मैत्रिपूर्ण भलिवल प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा मंगलवार सम्पन्न प्रतियोगिताको उपाधि राष्ट्रसेबक कर्मचारीको टिमले हात पारेको छ । कुल चार टिमको सहभागीता रहेको प्रतियोगीतामा राजनितिक दललाई हराउँदै कर्मचारीको टिमले उपाधि जित्न सफल भएको हो ।

जिल्ला स्थिति राजनितिक दल र जनप्रतिनिधिको टिम बिच भएको पहिलो खेलमा जनप्रतिनिधिको टिमलाई हराउँदै फाइनलमा पुगेको राजनितिक दलको टिमले कर्मचारीको टोली संग पराजित भएपछि द्धितिय स्थानमा चित्त बुझाएको हो । प्रतियोगितामा पत्रकारको टिमलाई पराजित गर्दै राष्ट्रसेबक कर्मचारीको टिम फाइनलमा प्रवेश गरेको थियो । स्थानिय खेलप्रेमि दर्शकहरुको उल्लेख्यनिय उपस्थिति रहेको खेल निकै मनोरञ्जनपूर्ण भएको थियो ।

यसअघि प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र अर्घाखाँचीको आयोजनामा मंगलबार बिहान सरसफाई कार्यक्रम समेत सम्पन्न भएको थियो ।
