सुआहाराको अधवार्षिक समिक्षा बैठक सन्धिखर्कमा सुरु (तस्विर सहित)

घनश्याम पौडेल
अर्घाखाँची, ४ फागुन । महिला तथा २ वर्ष मुनिका बालबालिका हरुको पोषणको अवस्थामा सुधार ल्याउने उद्धेश्यका साथ सञ्चालन भएको सुआहारा कार्यक्रम अर्घाखाँचीको जिल्ला स्तरिय कर्मचारीहरुको अर्धवार्षिक समिक्षा तथा योजना बैठक सञ्चालन भएको छ ।

सुआहारा कार्यक्रमले गाउँघर तथा समुदाय स्तरमा पोषण, स्वच्छता र सरसफाई, कृषि, परिवार नियोज, बाल स्वास्थ्य र किशोर किशोरी सम्बन्धि क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको लुम्बिनी सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष इन्द्रमणि पौडेलले बताए ।

सुआहाराले स्वास्थ्य, कृषि तथा सरसफाईको क्षेत्रमा काम गर्दै जनतालाई सुसुचित गराउँने कार्य गरेको लुम्बिनी सामाजिक विकास केन्द्रका अध्यक्ष सुरज सारुले बताए ।

घरायसी पोषण, खानेपानी तथा सरसफाइ र स्वास्थ्य अभ्यासहरूमा सुधार गर्ने, घरधुरी हरूको गुणस्तरीय पोषण तथा स्वास्थ्य सेवाको उपयोगमा अभिवृद्धि गर्ने, घरधुरीको विविध र पोषकतत्व बढी भएका खानेकुरा सम्मको पहुँच अभिवृद्धि गर्ने, स्थानीय शासन मार्फत बहुक्षेत्रीय पोषण योजनाको कार्यान्वयनलाई तिव्रता दिने लगाएतका कामहरु सञ्चालन गर्दै आएको कार्यकारी निर्देशक कृष्ण पौडेलले बताए ।

कार्यक्रमका सुआहाराका जिल्ला संयोजकद्धय कामना प्रदान, ज्ञानदिप आचार्य, दिपेन्द्र पन्त, रामु पराजुली, सत्यराज जोशी, लुम्बिनी सामाजिक विकास केन्द्रका फिल्ड कोडिनेटर हरि पौडेल लगाएतले सहजीकरण गरेका थिए ।

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.