हरी कुवर फागुन ४ अर्घाखाँची –
रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालिकामा उद्धमशिलता तथा वित्तीय साक्षरता तालिम हुने भएको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको लागी रिटर्नी माईग्रेन्ट नेपाल अर्घाखाँचीको समन्वय, राष्ट्रीय युवा परिषद्को सहकार्य र मालारानी गाउँपालिकाको सहयोगमा तालिम हुने भएको हो ।
देशमा बिध्यमान बेरोजगारिलाई न्यून गर्ने उद्देश्यले मालारानी गाउँपालिका भित्रका युवाहरुलाई स्वरोजगार हुन सहयोग पुर्याउने तालीमको मुख्य उद्देश्य रहेको रिटर्नी माइग्रेन्ट नेपाल ,अर्घाखाँचीका अध्यक्ष बसन्त केसीले बताउनु भयो । वैदेशिक रोजगारबाट फर्किएका ईच्छुक व्यक्तिहरुले यहि फागुन ५ गते भित्र आ–आफ्नो वडा कार्यलयमा सम्पर्क गरी नाम दर्ता गर्नु पर्ने संस्थाले जनाएको छ ।
तालिमा सहभागी हुन १६ बर्ष देखी ४० बर्ष उमेर सम्मका कम्तिमा ८ कक्षा उत्तीर्ण भएका व्यक्तिहरु हुनु पर्ने बताइएको छ । रिटर्नीहरुको हकमा भने उमेर हद नलाग्ने केसीले जानकारी दिनु भएको छ ।