घनश्याम पौडेल फागुन ४ अर्घाखाँची । नेपाली काँग्रेस अर्घाखाँची प्रकाशन तथा प्रचारप्रसार विभागको बैठक विपी स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकले पार्टीको दस्तावेज र स्मारिका पुस्तकको प्रकाशन गर्ने निर्णय गरेको छ ।
अहिलेसम्म काँग्रेस अर्घाखाँचीमा रही विभिन्न नेताले पु¥याएको योग्दान, काँग्रेस अर्घाखाँचीको संगठन निमार्णमा नेताले खेलेको भुमिका, द्धन्द्धकालीन समयमा काँग्रेसमा रहि शहिद भएका नेता, काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाको इतिहास लगाएतका महत्वपुर्ण विषयवस्तु पुस्तकमा समेटिने विभागका प्रमुख माधव पौडेलले जानकारी दिए ।
बैठकले उक्त पुस्तक प्रकाशन गर्नका लागी विभागिय प्रमुख माधव पौडेलको संयोजकत्वमा सम्पादन मण्डल र आर्थिक संकलन विभागको पनि गठन गरेको छ । सम्पादन मण्डलमा विष्णु भुसाल, प्रेमनारायण आचार्य र कृष्ण खनाल रहेका छन ।
त्यस्तै आर्थिक विभागमा काठमाडौका लागी कपिल पोख्रेल संयोजक, बुटबलका लागी काँग्रेस अर्घाखाँची रुपन्देही सम्पर्क समितीका सभापति, जिल्लाका ६ वटै स्थानिय तह काँग्रेसका प्रमुख तथा काँग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमुखलाई समितीको सदस्य रहने गरी आर्थिक समिती चयन गरिएको प्रकाशन तथा प्रचारप्रसार विभागका सदस्य घनश्याम पौडेलले जानकारी दिए ।
बैठकमा काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले दिर्घकालीन रुपमा उपयोग हुने गरी पुस्तक प्रकाशन गर्न आग्रह गरे । महासमिती सदस्य यादव घिमिरे, जिल्ला सदस्य कृष्ण खनाल, सिता भुसाल, मणिराम परियार लगाएतले पुस्तक प्रकाशनका लागी सुझाव दिएका थिए ।