अभिनव चौहान ४ फाल्गुन काठमाडौं- रगतको अभाव भएर अफ्ट्यारो जसलाई जतिबेला पनि पर्न सक्छ ।हामीलाई अफ्ट्यारो पर्दा लिने रगत पनि अरु कसैले दिएको हो।अहिले दियौं भने पछि आफुलाई आवश्यक पर्दा लिन सजिलो हुने गर्दछ । सोही कुरालाई मध्यनजर गर्दै उदीयमान जनजागृति क्लबको आयोजना आज रक्तदान कार्यक्रम काठमाडौंंको मेगा कलेजमा सम्पन्न भएको छ।
उदीयमान जनजागृती क्लबको प्रमुख आयोजना, चौहान सेवा समाज, नवदीप क्लब भण्डार , आदर्श मावी भुपु विद्यार्थी समाज , शान्ति मावी भुपु विद्यार्थी समाज ,कर्नमारे बरम्कोट सेवा समाज लगायतका विभिन्न संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।रक्तदान कार्यक्रम रेडक्रसको उपस्थितिमा सञ्चालन भएको थियोे ।
कार्यक्रममा पूर्व उप प्रधानमन्त्री तथा अर्घाखाँची जिल्लाका प्रतिनिधि सभाका सदस्य टोपबहादुर रायमाझीले क्लबले निकै उदाहरणीय कार्य गरेको र यस्तो कामको अरुले पनि सिको गर्नु पर्ने उल्लेख गर्न भएको थियोे । रगत अभावको कारणले छ्टपटाई रहेका बिरामीलाई केही राहत पुगोस् भनेर आफुले यस्तो कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष विष्णु बहादुर चौहानले बताए ।
डेढ सय भन्दा माथि उपस्तिथि रहेको कार्यक्रममा ७७ जनाले रक्तदान गर्नु भएको थियो ।कार्यक्रममा नयाँ पत्रिकाका सह सम्पादक उमेश चौहान र १६० औं पटक सम्म रक्तदान गरि सक्नु भएका प्रेम सागर कर्माचार्य लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।
source:hindukhabar