घनश्याम पौडेल
अर्घाखाँची, १ फागुन । पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले धार्मिक स्थलको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६ धातिवाङ्गमा निमार्ण हुन लागेको कालिका मन्दिरको शिलन्यास गर्दै अध्यक्ष गौतमले कालिका मन्दिरको निमार्णपछि पाणिनीमा पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताए ।

गाउँपालिका भित्र रहेका पाणिनी तपोभुमि, दुर्वावेश्वर गुफा, सिद्धेश्वर गुफा लगाएतका प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रहेकाले ऐतिहासिक रुपमा बन्न लागेको मन्दिर पाणिनीकै नमुना हुनेमा विश्वस्त भएको बताए । मन्दिर निमार्णको क्रममा आवश्यक सहयोग गर्नका लागी गाउँपालिका तप्पर रहेको बताए ।

पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले अन्य विकास सँगै धार्मिक स्थलको संरक्षण र सम्बद्र्धनमा गाउँपालिकाले ध्यान दिएको बताईन । उनले मन्दिर निमार्णले धार्मिक सहिष्णुता कायम गरी राम्रो मन्दिर बनाई पाणिनी गाउँपालिकाको धार्मिक स्थल निमार्णमा एउटा इटा थपिने बताईन ।

पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले निर्माधादिन मन्दिर समयमै सम्पन्न हुनका लागी शुभकामना व्यक्त गरे । उनले राज्यबाट आएको रकम सदुपयोग भई ऐतिहासिक मन्दिर बनाउँनका लागी शुभकामना व्यक्त गरे ।
कार्यक्रममा डिभिजन वन कार्यालयका वन अधिकृत मोहन गजुरेल, साहु पौडेल कुलपुजा समाजका अध्यक्ष प्रेमनारायण पौडेल, वडा अध्यक्षहरु शालिकरा भट्टराई, नेत्रप्रसाद भट्टराई, स्थानेश्वर घिमिरे, जिवलाल घिमिरे, शुभबहादुर सारु, मिनराज आत्रेय, समाजसेवी इन्द्रमणि पौडेल, कार्यपालिका सदस्य तारा पौडेल, लगाएतले शुभकामना मन्तव्य राख्दै मन्दिर निमार्णका लागी पुर्ण रुपमा सहयोग गर्ने बताए । कार्यक्रम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष मणिराम पौडेलको अध्यक्षता, सदस्य कृष्णप्रसाद पौडेलको सञ्चालन र सदस्य टामलाल पौडेलको स्वागतमा सम्पन्न भएको हो ।

पाणिनी गाउँपालिकाकै ऐतिहासिक कलात्मक रुपले निर्मित हुन लागेको मन्दिर करिब ६० लाखमा सम्पन्न हुनेछ । मन्दिर निमार्णका लागी पाणिनी गाउँपालिकाले १० लाख, वडा कार्यालयबाट ८ लाख, डिभिजन वन कार्यालयबाट १० लाख रुपैया विनियोजन भएको छ । अन्य अपुग रकम संकलन गरिनेछ । यहाँ हरेक वर्ष विजयादशमीको दिन सराय नाचँ, नवदुर्गा पुजा लगाएतका रुपमा मन्दिर परिचित रहेको छ ।